सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल निर्वाचित भएर आएपछि पालिकामा पूर्वाधार निर्माणले गति लिएको बताएका छन् ।
अध्यक्ष पौडेलसँग पालिकामा चार वर्ष काम गर्दाको अनुभव,विकास निर्माणमा भएका प्रगति काम गर्दा आइपरेका कठिनाइ लगायत बारे केन्द्रित रहेर गरिएको मेगाखबरसगको कुराकानी :-
१,आजभोलि केमा व्यस्त हुनुहुन्छ तपाई प्रमुखज्यू?
- ब्यस्तताको कुरा गनुपर्दा मुख्यतया गाउपालीकाको विकास निर्माण को कार्यक्रम मै ब्यस्त भैरहेको छु । कार्यकालको अन्तीम अन्तीम समयमा आइपुग्दा पनि द्रुत गतीमा भइरहेका विकास निर्माणका कामहरुको अबलोकन मुल्याङ्कन र ति कामहरुको प्रगती विवरणहरुको निरीक्षण र निर्देशन मै ब्यस्त छु ।
२, भोटेकोशी गाउँपालिकामा यहाँले नेतृत्व प्राप्त गर्नुभएको साढे चार वर्ष पूरा भएको छ, यस अवधिमा गाउँपालिकाले हासिल गरेका मुख्यमुख्य उपलब्धि के के हुन्?
- यस गाउपालीकामा नौ वटा स्वास्थ्य इकाइ हरु संचालनमा ल्याइसकेका छौ, स्वास्थ्य विमालाई पनि अगाडी बढाइसकेका छौ । दिर्घरोगी हरुको लागी गाउपालीका ले बजेट ब्यवस्था गरी थाइराइड, सुगर, प्रेसर को औषधी निशुल्क उपलब्ध गराइरहेका छौ साथसाथै थप उपचारको आवश्यकता भएमा रु २५०००।– नगद सहयोग दिने ब्यबस्था गरेका छौ ।
कृषीमा बयर बोकाहरु अनुदानमा दीने देखी चौरीगाइ बाख्रा लगाएतका विमाको कार्य अगाडि बढाइसकेका छौ । भोटेकोशी गाउपालीकालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नको लागी अरनिको गाउलाई निर्माण गरेका छौ,त्यसैगरी भैरवकुण्डको विकासको लागी धेरै कामहरु भएका छन÷हुदैछन,लिस्तीमाइ मन्दिर,खोकरसिङमाइ मन्दिर थापीनारायण मन्दिर लगाएत देउढुङ्का सम्मको पैदल मार्गको विकासमा काम भएका छन । पुन निर्माणका कामहरु लगभग सम्पन्न भइसकेका छन । बिध्यालय भवन संरचनाको कामहरु लगभग सम्पन्न भइसकेका छन ।
तातोपानी धारामा शिव मुर्ति सहित पुननिर्माणको काम भइरहेको छ । ऐतिहासीक दुगुनागढीको पुननिर्माणको प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । त्यसैगरी पाचवटै वडामा पर्यटकिय क्षेत्रको निमित्त ऐतिहासीक गुम्बाहरुको पुननिर्माणको काम भएको छ, साथै वडा नं,१को पाउगुम्बामा गुरु रिम्बुच्चेको मुर्ति निर्माण हुदैछ,त्यस्तै वडा नं ३ र ४ मा पनि बुद्ध पार्क र गुरु रिम्वुच्चेको मुर्ति निर्माण कार्यको थालनी भएको छ । पाचै वडालाइ पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न होमस्टे लगाएतका कार्यहरुलाइ प्राथमिकताका साथ अगाडि बढाएका छौ । विद्यालय हरुमा मन्टेसरी कक्षा संचालनमा ल्याएमा छौ । कृषकहरुलाइ हाते ट्राक्टर, कृषि औजार,टनेल निर्माण,विउविजन आदि गाउपालीका मार्फत अनुदानमा उपलब्ध गराएका छौ ।
३, गाउँपालिकाका विकास निर्माणको काम चाहिँ कसरी अगाडि बढ्दै छ?
- धेरै कामहरु भएका छन,बाटोघाटो निर्माण र सुधारका कामहरु भएका छन,शिक्षाको क्षेत्रमा कामहरु भएका छन, त्यस्तै स्वास्थ्यको क्षेत्रमा कामहरु भएका छन, कृषिको क्षेत्रमा कामहरु भएका छन, पर्यटन विकास र प्रवर्धनका क्षेत्रमा काम भएका छन । समग्रमा सबै क्षेत्रमा काम भएका छन । विकास निर्माणका लागी सबैक्षेत्रमा समितीहरु गठन गरी जन प्रतिनिधीहरुको सहभागीतामा पारदर्शि तरीका बाट प्राविधिक परिक्षण तथा मुल्याङ्कन गरी चुस्त दुरुस्त किसीमले निर्माण विकासका कामहरु भएका छन ।
४, विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस गर्दा विकासनिर्माणको काम रोकियो कि रोकिएन?
- पक्कैपनि विश्वब्यापी महामारीको रुपमा फैलीएको कोरोना महामारीबाट भोटेकोशी गाउपालीका पनि अछुतो रहन सकेन । मानब स्वास्थ्य संग प्रत्यक्ष सरोकारको विषय भएकोले कोरोनाको असर स्वभाविक रुपमा विकास निर्माणको कार्यमा पनि पर्न गयो,त्यसका वावजुद पनि स्वास्थ्य मापदण्ड पालना गरी विकास निर्माणका कार्यहरु अगाडी बढीरहे,गती कम भए तर रोकिएन ।
५, अनि चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन्?
- गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए मेरो कार्यकालमा मैले कार्यभार लिदै गर्दा गरेका वाचाहरु लगभग पुरा गर्न सकेको कुरा भन्न पाउदा खुसी लागेको छ। मलाइ खुसी लागेको छ मैले चुनावको बेला बोलेका अधिकांश कुराहरु पुरा गर्न सकेको छु शिक्षा,स्वास्थ्य कृषि,पर्यटन र बाटोघाटोका क्षेत्रमा अनुभव गर्न सकिने गरी उल्लेखनिय कामहरु गरिएको छ।कोरोना महामारीको कारणले गर्दा केहि कठिनाइ भए पनि महत्वपुर्ण उपलब्धीका कामहरु भएका छन ।
६, पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले के गर्दै छ?
- पर्यटन प्रवद्र्दनका क्षेत्रमा पनि उल्लेख्य कामहरु भएका छन । अरनिको गाउको निर्माण,तातोपानी धाराको मर्मत सम्भार,भैरबकुण्डको विकास,पैदल मार्गहरुको निर्माण विकास,लिस्तीमाइ,खोकरसिङमाइ,थापीनारायण मन्दिरको मर्मत सम्भार,गुम्बाहस्को निर्माण मर्मत सम्भार आदी कामहरु भएका छन । ऐतिहासीक दुगुनागढीको पुननिर्माण, होमस्टेहरुको ब्यबस्था विकास,हेलीप्याडहरुको निर्माण आदि कामहरु भएका छन । जसले पर्यटकहरुलाई आकर्षित गर्नेछ र समग्रमा पर्यटन प्रवर्धनमा योगदान गर्ने छ ।
७, गाउँबासीले गाउँपालिकालाई स्थानीय सरकारको रुपमा लिएका छन् त?
- स्वभाविक रुपमा गाउवासीले गाउपालकिालाई स्थानिय सरकारको रुपमा लिएका छन,सानोतिनो कामको लागी सदरमुकाम धाउनुपर्ने बाध्यता बाट मुक्ती पाएका छन तथा आफ्नै जनप्रतिनिधिको साथ सहयोगबाट स्थानिय स्तरमै सबैजसो सेवा प्राप्त गर्न सकेकोमा खुसी पनि छन ।
८ स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कस्तो योजनाका साथ गाउँपालिकाले काम गरिरहेको छ?
- भुकम्पले ध्वस्त बनाएर आय आर्जनको अवसर लगभग शुन्य भएको अबस्था थियो भोटेकोशी गाउपालीकामा । हामिले मुख्यतया कृषिमा जोड दिएर स्वरोजगारको अबसर प्रदान गरेका छौ । त्यस्तै स्थानिय जनताको रोजगारीको मुख्य ढोका तातोपानी नाका सुचारु भइसकेको छ, साथ साथै रोजगारीको अर्काे मुख्य क्षेत्र पर्यटन प्रवर्धनको काम पनि गाउपालीकाले गरीरहेको छ । बाटोघाटोको स्तरोन्नती र नया बाटाहरुको निर्माणले स्वरोजगारका ढोकाहरु खोलीदिएको छ । अध्यक्ष रोजगार कार्यक्रमलाइ अगाडी बढाएका छौ,साथै तातोपानी ड्राइपोर्टमा मजदुर हरुको रोजगारको लागी व्यबस्थीत ब्यबस्था गरेका छौ । कृषि,पशुपालन,पर्यटन क्षेत्रमा युवा रोजगार कार्यक्रमका साथ अगाडी बढाएका छौ ।
९ सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय,सहकार्य र सहअस्तित्व छ छैन,यहाँको अनुभव के छ?
- देश विकासको लागी राज्यका सबै निकायहरुको उत्तीकै भुमिका रहन्छ,सबैको साथ सहयोगबाट मात्र देशको विकास सम्भब छ,मेरो गाउपालीकाले पनि विकास निमार्णको क्रममा सङ्घ र प्रदेश संग सहकार्य र समन्बय गरेर नै कार्यक्रमहरु अगाडी बढाएको छ । सबै निकाय हरुका सहअस्तित्व छ, सवै निकायहरुका विच समन्बय र सहकार्य विना विकास सम्भब छैन मेरो विचारमा ।
१० तपाईँले देख्नुभएको भोटेकोशी गाउँपालिकाको भविष्यको मुहार कस्तो छ?
- भोटेकोशी गाउपालीकाको भविष्य उज्जवल देखेको छु मैले कृषिका,स्वास्थ्यका,शिक्षाका,पर्यटनका पुर्वाधारहरुमा धेरै कामहरु भएका छन । यस्ता पुर्बाधारका निर्माणले यस गाउपालीकाको भविष्यको जग बलियो बनेको छ । त्यस्तै तातोपानी नाकाको सञ्चालनले अझ उज्यालो विहानीको संकेत गरेको छ । मुख्यतया पर्यटकिय गन्तब्यको रुपमा प्रचुर सम्भावना रहेको र यस क्षेत्रमा धेरै पुर्वाधारका कामहरु भएकोले पनि पर्यटकिय विकासले भोटेकोशी गाउपालीकाको आगामी दिनहरु उज्जवल हुने कुरामा म विश्वस्त छु । समग्रमा भन्नुपर्दा आउदा दिनहरुमा भोटेकोशी गाउपालीकाको भविष्य राम्रो देखेको छु ।
सत्य तथ्य समाचार सम्प्रेषण