मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सडक खुल्यो, तरकारीको भाउ झन् अकाशियो

सडक खुल्यो, तरकारीको भाउ झन् अकाशियो

मेगा खबर संवाददाता

६, आश्विन २०८३
  • 130
    SHARES

  • सडक खुल्यो, तरकारीको भाउ झन् अकाशियो

    काठमाडौं, बाढीपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा महँगिएको तरकारीको मूल्य सडक खुलेपछि पनि घट्नुको साटो झन् बढेको छ ।

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको भदौ १६ र असोज ६ को मूल्य तुलना गर्दा केही तरकारीको भाउ १५० प्रतिशतसम्म बढेको देखिन्छ ।

    भदौ १६ मा प्रतिकेजी १३० रुपैयाँ रहेको ब्रोकाउली असोज ६ मा ३२५ रुपैयाँ पुगेको छ । घिरौँला १६.२५ बाट ३५ रुपैयाँ र लाम्चो भन्टा १६.८८ बाट ३५ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, रायोको सागको मूल्य ५१.४३ बाट १०० रुपैयाँ, सेतो मूला ८८.५५ प्रतिशत र तितो करेला ६२.५० प्रतिशतले महँगिएको छ । भिण्डी र हरियो लसुनको मूल्य पनि ५७.१४ प्रतिशतले बढेको छ।

    सडक सञ्चालनमा आएर आपूर्ति सहज भइसके पनि तरकारीको मूल्य निरन्तर बढेपछि उपभोक्ता अधिकारकर्मीले ढुवानीको बहानामा मूल्य बढाइएको हुनसक्ने बताएका छन् ।

    यी तरकारीमा अचाक्ली मूल्य वृद्धिः

    krishi_upaj_mulya_talika_page-0001

    यी तरकारीको मूल्य घट्यो

    रुख टमाटरः ५४.५५ प्रतिशतले घट्यो (रु. २७५ बाट रु. १२५)

    अमलाः ४८.५७ प्रतिशतले घट्यो (रु.१७५ बाट रु. ९०)

    चुकुन्दरः ४५।८३ प्रतिशतले घट्यो (रु। १२० बाट रु. ६५)

    केरा (नेपाली र मालभोग) : क्रमशः ३६.३६ प्रतिशत र ३४.२१ प्रतिशतले घटेर सस्तो भएका छन्।

    सेलरीः ३३.३३ प्रतिशतले घटेर (रु.४५० बाट रु. ३००)

    यस्तै बजारमा केही यस्ता कृषि उपज पनि छन् जसको मूल्यमा यस अवधिमा कुनै फेरबदल भएको छैन । ताजा माछा (रहु, बचुवा, छडी) र सुकेको माछाको मूल्य क्रमशः रु। ३४४, ३२०, ३३५ र ९०० मै स्थिर छ ।

    त्यस्तै, हरियो फर्सी (डल्लो), पिँडालु, हरियो प्याज, न्यूरो, सजिउन, रातो बन्दा, पुदीना, तामा, तोफु, गुन्द्रुक, जुनार, किवि, नरिवल र सुकेको खुर्सानीको मूल्यमा पनि भदौ १६ र असोज ६ को बिचमा कुनै परिवर्तन नभएको तथ्यांकले देखाउँछ ।

    मंगलवार, आश्विन ६ २०८३०५:३०:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार