काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ अंकमा पुगेको छ ।
बजार बढेसँगै कारोबार रकम पनि उकालो लागेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ७ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।
आज अन्य समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । उक्त समूहको सूचक १.३६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०।३१, लगानी ०.४८, जीवन बीमा ०.८२ र माइक्रोफाइनान्स ०.४८ प्रतिशतले बढेका छन् ।
यता फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.९३ प्रतिशतले घटेका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये १३७ कम्पनीको सेयर मूल्य बढेको, १३१ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
मूल्य बढ्नेमा मिडसोलु हाइड्रोपावर १५ प्रतिशतसहित अगाडि छ । त्यस्तै फर्स्ट माइक्रोफाइनान्स ७।७५, मैलुङखोला जलविद्युत् ५।६३ र मान्डु हाइड्रोपावर ५.४३ प्रतिशतले बढेका छन् ।
घट्नेमा स्नो रिभर्स ८.२३ प्रतिशतले अगाडि छ । नारायणी डेभलपमेन्ट बैंक ६.९६, बोटलर्स नेपाल बालाजु ६.७५ र इन्फिनिटी लघुवित्त ५.६४ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर र लक्ष्मी सनराइज बैंकलगायत कम्पनी अगाडि रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।