काठमाडौं, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणलाई सहज बनाउन यातायात व्यवस्था विभाग,हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता अनुसार एड्ल्व्र्स् प्रणालीबाट जारी लाइसेन्सको डाटा सिधै सुरक्षण मुद्रण केन्द्रमा पठाइनेछ र त्यहीँबाट लाइसेन्स छापिनेछ । यसले छपाइ प्रक्रियामा लाग्ने समय र प्राविधिक झन्झट घटाउने अपेक्षा गरिएको छ ।
छापिएका लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित प्रदेश कार्यालयमा पठाइनेछ । साथै सेवाग्राहीले चाहेमा आफ्नै घर वा इच्छाएको ठेगानामा लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मंगलबार सामाजिक सञ्जालमार्फत सम्झौताबारे जानकारी दिएका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।