नेकपा एकीकृत समाजवादीकी हामीले युवा नेतृ,सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै गएर सोध्यको छ ।
– तपाई लोकप्रिय युवा नेतृ हुनुहुन्छ, तर मन्त्री भएपछि लोकप्रियता घटेको महसुस भएको छ कि छैन?
झाँक्रीले भनिन्, म परीक्षामा छु । मेरो लोकप्रियता थियो, थिएन,भोलि रहन्छ रहन्न मैले भन्ने कुरा होइन । तर, प्रत्येक पल म परीक्षामा छु । यस मानेमा परीक्षामा हु कि म रामकुमारी झाँक्री व्यक्तिको हिसाबले । महिलाको हिसाबले । मेरो पुस्ताको मान्छेको हिसाबले । यो समाजको छोरीको हिसाबले । समाजवादी पार्टीको नेताको हिसाबले । र, यो पार्टीको भविष्यसँग जोडेर मैले यतिवटा क्रस कटिङ ईस्युमा परीक्षा दिइरहेकी छु । र, यो परीक्षामा मलाई असफल हुने सुविधा छैन ।
उनले भन्छिन्, ‘म फेल भएँ भने रामकुमारी भन्नेले ठुला कुरा गर्थी असफल भई भन्नेछन् । मभन्दा पछाडिका मेरा नातिनी पुस्ताका छोरीहरूको पनि मैले परीक्षा दिइरहेको हो । त्यसकारण मैले पास हुनुपर्छ । युवा भनेको खै तिमीहरूले के गर्यौ त भन्ने हुन्छ, त्यसैले मेरो युवा पुस्ताको परीक्षा हो यो ।
मेरो पार्टी र आन्दोलनको निष्ठासँग पनि जोडिने पार्टीको भविष्यसँग पनि परीक्षा भएको भएर असफलताको सुविधा मलाई छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।