मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

एक वर्षमा १३ हजारभन्दा बढी स्थायी शिक्षक नियुक्तका लागि सिफारिस

एक वर्षमा १३ हजारभन्दा बढी स्थायी शिक्षक नियुक्तका लागि सिफारिस

मेगा खबर संवाददाता

२४, भाद्र २०८०
  • 982
    SHARES

  • एक वर्षमा १३ हजारभन्दा बढी स्थायी शिक्षक नियुक्तका लागि सिफारिस

    काठमाडौँ,  भदौ २४ गते  शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०७९ र ८० मा आयोगले प्राथमिक तह तृतीय श्रेणी,निम्नमाध्यमिक र माध्यमिक गरेर तीन तहका लागि १३ हजार ४९४ जनालाई स्थायी शिक्षक नियुक्तका लागि सिफारिस गरेको हो ।

    शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन अनुसार आयोगले उक्त संख्यामा सिफारिस गरेको हो । शिक्षक पदको खुला प्रतियोगिताका लागि मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो । १ हजार ९५९ जना निमावी र १० हजार ३५३ जनालाई प्रावि तहमा स्थायी शिक्षक नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो । आयोगले गत वर्ष ३ हजार २९० जना शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको थियो ।

    आयोगले गत वर्ष नै ९ हजार ७६५ शिक्षक पदको लागि विज्ञापन समेत प्रकाशन गरेर सामान्य परीक्षाको नतिजा समेत प्रकाशन गरेको थियो । 

    आइतवार, भाद्र २४ २०८००५:०८:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार