कल्पना भण्डारी
निरुलाई तिजमा भाइ लिन आए । खुसी हुँदै भनिन् "भाइ तँ मलाई लिन आएछस् ,भिनाजुले बिदा दिनुहुन्छ हुन्न थाहा छैन ।" म सकेसम्म आउँछु ।" निरुले भाइलाई आश्वस्त पारेर पठाइन् र पतिलाई मनाएर माइत हिँडिन् ।
निरु माइतीघर पुग्नासाथ सबै खुसी भए । निरुले दिदीबहिनी सबैलाई एकनासकाे सारी किनेर लगेकी रहिछन् । सबैजना दर खाएर भाेलिपल्ट सबै नाचगान र रमाइले गरे । भोलिपल्ट सबै दिदीबहिनी आआफ्ना घर जान लागे । निरुलाई आमा र छिमेकी दिदीबहिनीहरू कसैले पिठाे कसैले निगुरो, भटमास, दही र घिउ काेसेली दिएर पठाए ।
निरुकी बहिनी कान्छीले भनिन् "निरु दिदीलाई सबैले काेसेली घरमा पुर्याउन आए तर माहिली दिदीलाई त कसैले केही दिएनन्, किन हाेला आमा ?" आमाले भन्नुभयो-"निरु छाेरी वर्षदिनमा मात्रै आउँछिन् । सबैलाई सामान ल्याउँछिन् त्यसैले हाे छाेरी ।" कान्छीले फेरि भनिन् "आमा ! माहिली दिदीलाई लिन पनि जानुभएन । फाेनकाे भरमा आउनुभयाे र पनि काेसेली पनि कसैले दिएन तर निरु दिदीलाई त लिन पनि जानुभयाे । काेसेली पनि अरुले यहीँ पुर्याउन आए । हजुरले पनि दिदीलाई धेरै सामान ठिक पार्नुभयाे । धनी छोरी र गरिब छोरीमा आमाबाट पनि यत्रो भेदभाव र पक्षपात ? हजुरका लागि सबै सन्तान बराबरी होइनौँ त? भाेलि माहिली दिदी पनि धनी हुने दिन आउँछ ।" आमा केही बोल्न सकिनन् मात्रै टाउको हल्लाइन् । याे कुरा माहिली दिदीले सुनेर भनिन् "ठिक छ, कान्छी म ऋण गरेर अरुलाई दिन र देखाउन पनि सक्दिन। सादा जीवन र उच्च विचारमा आस्था राख्ने मान्छे हुँ, भइगो छोड्दे बहिनी ।"
निरु आाँतिदै बाहिर आइन् भनिन् "म बर्बाद भएँ ।" के भयाे भन्दै बहिनीहरुले साेधे । "मेराे त सिक्री हरायाे,मैले मागेर लगाएकी थिएँ अब म कसरी बुझाऊँ?" भन्दै उफ्रिन थालिन। निरुका बहिनीहरू मुख हेराहेर गर्न लागे ।
सिन्धुपाल्चोक जिल्ला
हाल काठमाडौँ
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।