मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक

शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक

  • 895
    SHARES

  • शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक

    काठमाडौं, पुस ८ गते, शिक्षक सेवा आयोगले माध्यमिक तह,तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन आह्वान गरेको छ । सातै प्रदेशबाट विभिन्न विषयमा ४३६ पदका लागि आयोगले विज्ञापन आह्वान गरेको हो ।

    सामुदायिक विद्यालयको माध्यमिक तह,तृतीय श्रेणी,शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

    इच्छुक उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।

    आइतवार, पौष ८ २०८०११:२२:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार