मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

जन्मदिनको शुभकामना छोराः ठूलो होइन, ज्ञानि मानिस बन्नू

जन्मदिनको शुभकामना छोराः ठूलो होइन, ज्ञानि मानिस बन्नू

युर्बसि पाैड्याल

११, माघ २०८०
  • 101.8K
    SHARES

  • जन्मदिनको शुभकामना छोराः ठूलो होइन, ज्ञानि मानिस बन्नू

    जिन्दगीमा खुसी मन लिएर बाँच्न थुप्रै खुशिहरू चाहिने होइन रहेछ,एक दुइटा अमूल्य खुसीका क्षणहरू नै काफी हुँदा रहेछन् । तिमि जस्तो छोरा पाउनु सायद मेरो जीवनको सबैभन्दा ठूलो आनन्द हो । छोराको जन्मदिन आमाबाबु र सम्पूर्ण परिवारको लागि खुशीको क्षण हो । जुन दिन तिमिले यो धर्तिमा खुट्टा टेक्दा र आँखा खोल्दा जो खुशि मलाई मिलेको थियो,त्यो नै मेरो जिवनको अहिले सम्मकै सबै भन्दा खुशीको क्षण हो । यस धर्तीमा पहिलोपटक पाइला टेक्दा हामीलाई खुसी जति बनायौ । त्यो खुसी सबैलाई दिन सकेस् छोरा । ओठमा मुस्कानको दिप सधै धपक्क बलिरहोस् । हरेक पाइला पाइलामा सफलताले पछ्याइरहुन् । भोक,प्यास,थकानको औषधि हाै छोरा तिमि ,आज भन्दा भोलिका दिन अझ हर्ष उल्लासमय बनोस् । जस्तोसुकै परिस्थिति पनि पछि हटेर होइन अघि बढेर सामना गर्ने साहस मिलोस् । सधै स्वस्थ र निरोगी हुनु काडाहरुको बिचमा पनि फुल्न सक्ने फुल झै उदाहरण बन्नु जन्मदिनको अनगिन्ती शुभकामना छोरा ।

    तिम्रो भविष्य तिमि जस्तै उज्यालो रहोस् । तिमिले सिक्दैँ जानु मेरो जीवनमा घाम र मेरो हृदयमा हाँसो कसरि ल्याउने भनेर,उमेरले सानो भएपनि तिम्रो सोचविचार सधैँ महान रहुँन् छोरा तिमी सधैं मेरो आनन्दको बन्डल हुनेछौ,तर पनि म तिमीलाई असल मान्छे बनाउन खोज्दैछु ।। जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू,जीवनका हरेक पलहरू खुशीले भरिरहुन् संघर्षको यात्रामा आउने हरेक दुःख कष्टलाई पछि पार्दै अगाडि बढ्नु सधै सफलताले शिखर चुमिरहोस् । मनमा भएका सकारात्मक सोचहरू सदैव पुरा हुन् । छोरा सदा सुखी र खुसी रहनु । तिम्रो सफल भविष्यको कल्पना गरिरहँदा अहिलेको पछिल्लो पुस्तामा देखिएको अस्थिरता,विचलन,असामाजिक व्यवहार र भर्चुअल प्रेमले कताकता डर पनि लागिरहन्छ कि,तिम्रो समयसम्म खै कस्तो हुने हो भनेर । मलाई तिमी पनि समयसापेक्ष प्रविधिमैत्री भएको हेर्न मन छ तर प्रविधिको साँघुरो परिधिभित्रै समेटिएको भने हेर्न मन छैन,त्यसैगरी किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानमा पोख्त भई देश-विदेशसम्म फैलिएको हेर्न मन छ छोरा । त्यो सँगसँगै अन्य धेरै अभिभावकको चाह जस्तै तिमीलाई पनि धैर्यवान,दूरदर्शी र असल संस्कार सहितको साक्षर र सफल व्यक्तिको रूपमा हेर्न मन छ ।

    हाम्रो परिवारको मात्रै होइन सिंगो देश,समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू,आशीर्वाद छ छोरा तिमीलाई ।

    फुल जस्तै सुन्दर भएर यो समाजमा सुगन्ध छरिरहनु फेरि पनि भन्छु छोरा,जन्मदिनको शुभकामना ।।

    बिहिवार, माघ ११ २०८००१:३५:३६
    सम्बन्धित समाचार