सुनिता निरौला पौडेल
"मलाई त यहाँनेर सुखैसुख छ ।" गर्वले कुरा गर्यो उसले ।
"उस् ! कति फुर्ति लगाको क्या ! नहुने कुरा गर्नुहुँदैन त साथी ।"
"हो साँच्चै,"मलाई "म्याउली "भनेर बोलाउँछ्न् ,मेरो यहाँ नाम छ । त्यो नेपाल जस्तो बिरालो भनेर बोलाउँदैनन् ।" बिदेशमा बस्ने बिरालोले साथीलाई फोनबाट कुरा गर्दै भन्यो ।
"हामी नेपालमा बस्ने बिरालोको बिजोग छ नि ! पहिले पो टाँडे घरहरू हुन्थ्यो । जताततै आफ्नो बच्चा जन्माउन सक्थ्यौँ । दुधभात खान दिन्थे । अहिले त दिशा पिसाब गर्न पनि गाह्रो छ । झन् शहरतिरको त कुरै नगर ।"आफ्नो बिदेशको साथीलाई भन्यो ।
"हामीलाई त अलग्गै शौचालय बनाइदिएका छ्न् । आफ्नो ओछ्यानमा राखेर माया गर्छन् । बाटोमा जाँदा दिसा गर्छु कि भनेर डाइपर लगाइदिन्छन् ।" म्याउलीको कुराहरू छक्क परेर नेपालको बिरालोले सुन्दै थियो ।
" त्यहाँ मैले आउँदा के के गर्नुपर्छ ? " नेपालको बिरालोले बिदेशतिरै जाने विचार गर्यो ।
"हेर ! तिमीले पहिले सुरुमा अंग्रेजी बोल्न,लेख्न र सुन्न जान्नुपर्यो । त्यसपछि भिसा लाग्यो भने बल्ल आउन पाउँछौ ।त्यही हो आफ्नो परिवारलाई छोडेर आउन सक्नुपर्छ ।"
"बाफ रे ! साथी म आफ्नो परिवार,छोराछोरीलाई छोडेर आउन सक्दिन ।" नेपालको बिरालोले मनमनै भन्यो ।
" दुधभात खान नपाए पनि बाँझो खेतको मुसा मारेर खान्छु बरु ! "भन्दै म्याउलीको फोन काटीदियो ।
भक्तपुर - राधे राधे,भक्तपुर निकोशेरा ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।