सुरेशकुमार पाण्डे
" हामी पनि त मानिस हौँ हाम्रो पनि बिभिन्न कार्य गर्ने इक्षा हुन्छ । हामिलाई स्वतन्त्रता चाहिन्छ ।" - महिपालले आफ्नो बिचार राख्यो । " हामीहरू सबै स्वतन्त्र छौँ । अनुसासन भित्र बसेर आफ्नो बिचार राख्न छुट छ।सबैले आफुलाई चित्त नबुझेको बिचार राख्न पाइन्छ । त्यसको लागि एउटा नियम बनाएका छौँ बिधान त्यसलाई हामी सबैले पालना गर्नुपर्छ । "- मिलनले महिंपाललाई सम्झाउँदै भने," यो कस्तो खालको स्वतन्त्रता हो ? एकतिर सबै स्वतन्त्र छौँ पनि भन्ने आर्को तिर बिधान भित्र रहेर अनुसाशनको पालना गर्नुपर्छ पनि भन्ने । यो त घोर तानाशाह हो । हामीलाई मान्य छैन् ।"- निधी बिचमै आक्रोशित भयो ।
" कस्तो कुरा बुझ्नु हुँदैन सर ! हजुर हामीहरू मिलेर नै बनाएको बिधान हो । यो चराचर जगतमा सुवेकसिल चेतनसिल प्रराणी भनेको नै मानिस हो । यस बिधानमा कमि छ भने बरू सच्चाऊँ । तर नियम भित्र त हामिलाई बस्नै पर्नेहुन्छ ।"-मिलनले निधी तिर हेर्दै भन्यो । " कसैले भ्रष्टाचार गर्छ,कसैले बलात्कार गर्छ,कसैले वेइमानी गर्छ,तस्कर गर्छन् के यी सबै नियम भित्र पर्छन् ?"- महिपालले आक्रोश व्याक्त गर्यो । " महिपाल सर ! हजुर के आचि खानेपनि स्वतन्त्रता भित्र पर्छ र ? कुनै मानविय नीति नियम त पक्कै पनि हुनुपर्छ होला ? उनिहरूले गरेको त गलति नै हो भनेर हामि पनि त भनिरहेका छौँ ।"-मिलन चर्को स्वरमा बोल्छ ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।