मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लघुकथा : आन्दोलन 

लघुकथा : आन्दोलन 

  • 1.0K
    SHARES

  • लघुकथा : आन्दोलन 

    सुनिता निरौला पौडेल 

    हुलका हुल मानिसहरू दौडिरहेका थिए ।कसैका हातमा झण्डा ,कसैका हातमा लौरो ,कसैले ढुंगा लिएर हानाहान गरिरहेका थिए । त्यहाँ आन्दोलन चलिरहेको थियो ।

    " भागौँ भाइ यस्तो ठाउँमा बस्नु उचित हुँदैन, गोली पो लाग्न सक्छ । " एकजना भद्रले भन्दै थिए ।

    " हैन,दाजु ! तपाईं जानुहोस् मलाई त गोली लागे नि हुन्थ्यो । कमसेकम दश लाख पैसा मेरा बा आमालाई त दिन सक्थेँ । झन्  सहिद घोषणा सरकारले गर्यो भने हरेक बर्ष सम्मान र नगद पनि पाउनुहुन्थ्यो उहाँहरूले । " उसले भन्दै के गर्याथ्यो,उतिबेला गोली उसको छातीमा लागेर ढल्यो । म आतिँदै उसलाई काँधमा राखेर अस्पताल तर्फ दौडिन लागेँ ।

    के परसम्म पुगेको थिएँ,उतिबेलै आन्दोलनकारीहरुको समूहले त्यो लाश खोसेर लगी बिच बाटोमा तेर्साए । त्यहाँ सबै राजनीति  दलहरू आएर हाम्रो पार्टीको मान्छे हो भनी दावी गरे ।

    " सहिद घोषणा गर सरकार " नाराबाजी गर्न थाले ।

    मलाई अचम्म लाग्यो मैले किताबमा पढेको जानेको सहिद र गणतन्त्रको सहिदमा फरक पो देखेँ । "

    राधेराधे निकोशेरा,भक्तपुर ।

    मंगलवार, जेठ १५ २०८१०५:१९:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार