सुरेशकुमार पाण्डे
"यही हो ! यसलाई घेराहाल"- मैले निद्रामै सुने र जुरूक्क उँठे ।
" छोप यसलाई र गाडीमा बसाल"- आर्को कर्कट स्वर सुने ।
चारैतिर हेरें मलाई प्रहरिले घेरेका थिए ।
"अरू काहाँछन् तेरा साथी ?"-
उनि मध्यको एउटाले बन्दुकको चुच्चा म तिर तेर्छाउँदै भन्यो ।
" म अक्कमक्क परें र एउटा हातले आर्को हातमा चिमुटें कतै सपना मै त छैन म । तर मेरो त्यो भ्रम मात्र थियो।
आफु सुतेको चारपाइमा बसेको थिएं अँध्यारो थियो।चारै तिरबाट घेरेका थिए। सबैले प्रहरिको पोषाक लगाएको जुनको उज्यालोमा देखिन्थयो ।
" सुनिनस् ? केभने मैले तेरा अरू साथि खै ?"- ऊ फेरी चर्को बोल्यो ।
" को साथि ? मसँग त कोही पनि छैनन् ।"- मैले कण्ठ खोलें।
" यसले यसरी भन्दैन । एकेटा उठ ।"- आर्कोले मेरो पाखुरामा छोपेर तान्यो ।
" आखिर मैले केबिराएँ मलाई प्रहरिले किन एसरी हकार्दै छ ।"- म आश्चार्य भएँ ।
" सर मैले केगरेको छु ?"-बल्ल तल्ल हिंम्मत जुटाएर सोंधे ।
" अंझै पनि अञ्जान बन्छस् ? के तं कर्मचारिहरूको राष्ट्रव्यापी हड्तालमा सामिल छैनस् ,के तँ नेता होइनस् ।"- उनि मध्यको एकजनाले भन्यो ।
" म नेता होइन तर पनि बल्ल असली कुरा बुँझे र यतीवेरको छटपटीबाट केहीराहत मिल्यो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।