मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लघुकथा - सम्झौता

लघुकथा - सम्झौता

  • 919
    SHARES

  • लघुकथा - सम्झौता

    सुरेशकुमार पाण्डे 

    " सासु ससुरा भएको घरमा आफु सधैँ हेलारी भइने रहिछ । मैले भोग्दै छु । अब तेरो लोग्ने लिन आएपछि म त्यो घरमा तिमी नछुट्टिंदा सम्म जाँदैजाँदैन भन है बहिनी ।"- धनकुमारीले आफ्नो बहिनी नैनालाई सम्झाई ।

    " दिदी ! हजुरको जुवाईँले बरू मलाई छाड्दिन्छन् आफ्नो बा आमालाई छाड्दैनन्, हेर्नुहोला ।"-नैनाले पनि आफ्नो अनुभव बताई ।
    " त्यसतो पनि लोग्ने हुन्छ ? आफ्नो आमा बा छाड्न नसक्ने ? तँ सँग मायाँ छ भने त उनि छुट्टै बस्न भर्खरै राजि हुन्छन् । मलाई थाहा छ जुवाईँले तँलाई छोड्न सक्दैनन् । अघात मायाँ गर्छन् । नपताए कोसिश गरेर त हेर !"- धनकुमारीले नैनालाई उक्साई ।

    नैना सासु सँग सामन्या भनासुन पछि माइत आएको केही दिन भएको थियो । आज नरे लिन आउँदै थियो ।
    " तीन वर्ष पहिले बिवाह भएको अहिले सम्म नरे र नैनाको कुनै बाल - बालिका थिएनन् ।
    नरे आफ्नो बा र आमालाई अघात मायाँ गर्ने आदर्शवादी छोरा हो ।
    नैनाले आफैले पनि नरेलाई मायाँ गर्छे।उनिहरूको कुरा सकिंदा नसकिंदै नरे टुप्लुक्कै आइपुग्यो ।

    नैनाले नरेलाई देखी र मनैमन मुस्कुराई । ऊ दौडेर भित्र तिर गई ।
    " जुवाईँ बाबु नैनालाई लिन आउँनु भयो । तर नैना त जान मान्दैन त  ! "-धनकुमारीले दलानमा गुन्द्री बिछाउँदै भनी ।

    " होर? सामन्या कुराबाट रिसाएर भनेकी होलिन् । म सम्झाईहाल्छु नी बोलाइदिनुन् बाहिर नैनालाई "-नरेले ठटौले पारामा भन्यो ।
    " खै हजुरहरूको कुरा त के भयो हामिलाई थाहा हुनेकुरा होइन । तर त्यो घरमा म जाँदैन जानै परेछ भने छुट्टिएपछि बल्ल जान्छु । भनेर भन्छे बहिनीले त ।" धनकुमारीले नैनाको तर्फबाट भनिन् ।
    " ठिकै छ एक पटक नैनालाई बाहिर आउँन भन्नु न म सोध्छु । "- नरेले विन्ति गर्यो।
    " नैना बाहिर आउ त ?"- राधाले नैनालाई बोलाई ।
    नैना बाहिर आई ।
    " किन आउँनुभाको ? "- ऊ एकसप्के बोली ।
    "नैना म तिमीलाई लिन आएको हिंड घर घरमा स-साना कुरा हुन्छन् यसरी रिसाएर हिंड्नेहोर ? "- नरेले नैनालाई सम्झाउँने प्रयासमा भन्यो ।
    " म अब त्यो घरमा जानैपरे छुट्टेपछि मात्र जानेछु । नत्र म जाँदैजाँदैन ।"- नैनाले दिदी सँग भएको सल्हा अनुसार भनी ।

    " नैना म त्यो घरको एउटा छोरा आखिर को सँग छुट्टिने ? जसले जन्माए हुर्काए पढाए लेखाए । अब उनिहरूको बुढेसकालमा जतिवेला हाम्रो उनिहरूलाई आवस्याकता छ । यस्तो अवस्थामा हामि छुट्टिने ? यस्तो कदापी हुँदैन।
    तिमी बा आमाको सेवा गर्न जान्छौ भनी हिंड म लिनभनेर आएको छु । अन्यथा पछुताउँनु पर्ला ।"- यो हजुरको धम्की हो भने हामिले आफ्नो बहिनीलाई पठाउँदैनौँ ।"- धनकुमारी बिचैमा बोली ।
    " नैना तिमीले भन के छ बिचार ? मैले तिम्रो मुखबाट सुन्न चाहान्छु "- नरेले नैनातिर हेर्दै भन्यो ।
    नैना अलिवेर केही सोंचे झै गरी र भनी ।
    " हजुर पनि मलाई लिन आउँनु भएको हो की सधैको लागि छाडेर जान ? यही हो हजुरको मायाँ ? हजुर लिनै न आएको भएपनि आजै म आफै आउँने तैयारिमा थिएं ।"- नैनाको कुरा सुनेर धनकुमारी सर्मिन्दा भित्रतिर लागि ।नैना र नरे खुसि खुसी घर तिर लागे ।
    दाङ घोराही १८

    शुक्रवार, आषाढ ७ २०८१०२:५९:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार