सिरहा,सामाजिक सञ्जालमा सञ्चालित लघुकथा प्रतिष्ठान नेपालद्वारा तेस्रो वार्षिकोत्सवको अवसरमा एकसाथ तीन प्रतियोगिता सञ्चालन गरिने भएको छ । २०७८ कार्तिक ०३ गते स्थापित र निरन्तर एकै दिन नबिराई १ हजार ५० श्रृङखला लघुकथा वाचनविमर्श गराइसकेको छ । लप्रनेका सञ्चालक समितिका सदस्य लक्ष्मी रिजालले दिएको जानकारी अनुसार प्रतियोगिताहरू
१, प्रकृति केन्द्रित लघुकथा प्रतियोगिता (प्रकृतिको सेरोफेरोमा लघुकथा सिर्जित रहनुपर्ने । लघुकथा प्रकृतिप्रेम, प्रकृतिको सौम्य वा भयानक रूप आदित्यादिमा आधारित रहनुपर्ने । )
२,अग्रज लघुकथाकार केन्द्रित लघुपत्र प्रतियोगिता
(अग्रज स्रष्टाले लघुकथा विधामा दिएको योगदानको सम्मान गर्दै उहाँलाई नै सम्बोधित र उहाँकै कुनै एक लघुकथामा केन्द्रित वैयक्तिक भावना पत्रात्मक शैलीमा लेखिनुपर्ने । अन्त्यमा अग्रजको स्रोत लघुकथा अनिवार्य रूपमा संलग्न रहनुपर्ने ।)
३, लघुकथा केन्द्रित लघुसमीक्षा प्रतियोगिता
(कुनै एक लघुकथामा आधारित ५०० शब्दभित्रको समीक्षा हुनुपर्ने । अन्त्यमा स्रोत लघुकथा अनिवार्य रूपमा संलग्न रहनुपर्ने ।)
प्रतियोगिताका सामान्य नियमहरू-
१, प्रतियोगिता २०८१ भाद्र १८ गतेदेखि असोज १८ गतेसम्म चल्ने ।
२, लप्रने व्यवस्थापक बाहेक सबैले सबै विधामा भाग लिन सकिने ।
३, लघुकथा २५०,लघुपत्र र समीक्षा ५०० शब्दभित्र रहनुपर्ने ।
४, प्रतियोगी सिर्जना लप्रनेमा नियमत: पोस्ट हुनुपर्ने ।
५, नियम विपरीतका रचना स्वत: अमान्य हुने ।
६, प्रतियोगी भए स्पष्ट खुलाउनुपर्ने नत्र अप्रतियोगी ठहर्याइने ।
७, प्रतियोगिताको अन्तिम घोषणा कार्तिक १ गते गरिने । नगद पुरस्कार वितरण कार्तिक ३ को वार्षिकोत्सव समारोहपछि गरिने ।
८, विभेदरहित वातावरणमा निस्पक्ष निर्णायक मार्फत कोडिङ,डिकोडिङ गरेर निर्णय गरिने ।
९, सबै रचनाहरू सन्दर्भ पत्रिकाको नयाँ अङ्कमा समेटिने ।
उक्त अवधिमा पोस्ट भएका प्रतियोगी वा अप्रतियोगी सबै रचना समेटी 'सन्दर्भ' पत्रिका प्रकाशन हुने जानकारी व्यवस्थापक सदस्य नन्दलाल आचार्यबाट प्राप्त भएको छ ।
इच्छुक लेखकले प्रतिष्ठानको पृष्ठमा गई सिर्जना पोस्ट गर्न सक्ने छन् ।
पुरस्कार-
१, उत्कृष्ट लघुकथाकार, उत्कृष्ट लघुपत्र लेखक र उत्कृष्ट समीक्षक गरी ३ जनालाई दामासाहीले जम्मा रु। ९००० (अक्षरेपी नौ हजार) नगद र प्रमाणपत्रले विभूषित गरिने ।
२, सङ्ख्यात्मक र गुणात्मक हिसाबले पोस्ट सिर्जनामा गहकिलो पाठकीय टिप्पणी गर्नेमध्ये केहीलाई दामासाहीले जम्मा रू. १,००० (अक्षरेपी एक हजार) को रिचार्ज र प्रमाणपत्रले विभूषित गरिने ।
लघुकथामा लप्रने निरमलन समूह नामक समूहले व्यवस्थापन गर्दै आएको लप्रनेले विगतमा समेत विविध प्रतियोगिता सञ्चालन गर्दै आएको थियोे । विगतका प्रतियोगितामा चट्याङ मास्टर र प्रा.डा.मुकेश चालिसेद्वारा पुरस्कार प्रायोजन गरिएको थियो । तेस्रो वार्षिकोत्सवको पुरस्कार प्रायोजकमा सुनसरी निवासी हाल लन्डनलाई मुकाम बनाउनुहुने रुद्र अधिकारी 'निर्दोषी'ले गर्नुभएको छ । हालै उहाँको लघुकथा सङ्ग्रह 'दृष्टि' प्रकाशन भएको छ । नेपाली पाठक माझ लघुकथा विधामा उहाँ मौलिक छाप छाड्न सफल हुनुहुन्छ ।
समाचार- प्रतिमा दनुवार र गजल आचार्य (सिरहाबाट)
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।