मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लघुकथा : अपराधको सजाए

लघुकथा : अपराधको सजाए

मेगा खबर संवाददाता

२०, भाद्र २०८१
  • 565
    SHARES

  • लघुकथा : अपराधको सजाए

    सुरेशकुमार पाण्डे 

    " जज साहेब विमलकुमार बाट ठुलो अपराध भएको छ । कडा भन्दा पनि कडा सजाए दिनुपर्छ ।" सरकारी व़किल केही साबुत जज् को टेबुलमा सर्काउँदै भने," विमल! तिमीलाई सफाइमा केही भन्नु छ ?"- जजले उक्त फाइलका पाना पल्टाउँदै सोधे ।
    " जज् साहेब ! म मान्द छु मबाट गलति भयो तर त्यो जानेर गरेको गलती होइन् । " - विमलले दुबै हात जोड्दै भन्यो ।
    " यो पेसेवर अपराधी नभएपनि यसको गाडीले किचेर रामलालको ज्यान गयो ।
    " जज साहेब ! त्यो घरको एउटा रामलाल मात्र मरेन, श्रीमतिको श्रीमान,बालकहरूको भबिश्य,बुढा बुढी बा आमाको साहारा त्यो मात्र होइन एउटी जवान बहिनीको दाजुलाई मारेको छ यो अपराधीले ।
    केही महिनामा उस्को बिवाह हुने निश्चित थियो।त्यो घर पुरै तङ्गभङ्ग भयो । यसलाई अबिलम्वन् कडा सजाए दिनुपर्छ ।"- सरकारी व़किलले हाउसमा आफ्नो दलिल पेसगर्यो ।
    " सबै गवा र सरकारी व़किलको बयानबाट प्रष्ट भयो र स्वायम विमल आफैले पनि गलती स्विकार गरेको छ ।
    यो अदालतले अपराधी करार गर्दै आजीवन कैदको सजाय दिन्छ । तर त्यो सजाय विमललाई जेलभित्र होइन ।।।"- जज् बोल्दा बोल्दै रोकिए ।
    अदालत चकमन्न भयो । सबैले एकार्काको अनुहार तिर हेराहेर गर्दै कान ठाडा पारेर जज्को शब्दको प्रतिक्षा गर्न थाले ।
    " यो अदालतले रामलालको परिवारको हालातलाई मध्यनजर राख्दै विमललाई रामलालको घरमा रामलाल जस्तै बनेर आजीवन उनिहरूको रेखदेख गर्ने आदेश दिन्छ ।- जज् ले आफ्नै फैसला सुनाए ।
    " मलाई फाँशीमा झुण्डाइयोस् तर मलाई त्यो घरमा नपठाइयोस् जज् साहिब"- विमल चिच्याउँदै विन्ती बिसायो ।
    दाङ घोराही १८

    बिहिवार, भाद्र २० २०८१०१:४९:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार