✍️सुनिता निरौला पौडेल
" यसरी हामीलाई गाडीमा राखेर कहाँ लान लागेका नि?"अचम्म मान्दै उसले भन्यो ।
ऐय्या ! मेरो खुट्टा किचियो " खैरेले कराउँदै भन्यो । गाउँमा भएका सबै भुस्याहा कुकुरहरुलाई लिएर एउटा गाडीले बजारमा लग्यो उसले । त्यहाँ उनीहरुलाई मासु र बिस्कुटहरु दिए ।
"यिनिहरुलाई मार्नुभन्दा यो विधि अपनाएको राम्रो भयो । दिक्क पारेका थिए ,अब ढुक्क भयो ।" एउटा भुस्तिघ्रेले भन्यो ।
खैरेको समुहलाई बेलुकीपख त्यही ठाउँमा ल्याएर छोडे ।
एउटा रातेलाई खुट्टामा बेन्डिज लगाएको थियो । सबै सिथिल भएर बसेका थिए । यतिकैमा एउटा नाईकेले भन्यो ।;" हामीलाई किन लगेका थाहा पायौ कि नाइँ तिमीहरूले ?? , "सबैले जानकारी नभएको भने ।
"मान्छेले जस्तै हाम्रो जनसंख्यालाई नियन्त्रण गर्न हामी सबैलाई बन्ध्याकरण गरेर ल्याएका हुन् ।"
एउटा छाउरी बल्ल तल्ल उठ्दै भनी " म अब कहिले पनि आमा नबन्ने भएँ ।"
राधे राधे,निकोशेरा ,भक्तपुर ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।