मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लघुकथा - भेदभाव 

लघुकथा - भेदभाव 

मेगा खबर संवाददाता

२८, भाद्र २०८१
  • 1.3K
    SHARES

  • लघुकथा - भेदभाव 

    ✍️सुनिता निरौला पौडेल  

    "के गर्दै हो माइली ?" पल्लाघरे सेती एकाबिहानै माइलीको घरमा आइपुगीन् ।

    "बसीराखेको नि ?" 

    माइलीको छोरा र छोरीको भरखरै बिहा भएको थियो । आफू सासू भएर मख्ख थिइन् ।

    " छोरा बुहारी के गर्दै छ्न् तिम्रा ? "

    " हेरन ! आजकालका छोरा,बिहा गरेका दुई दिनपनि भाको छैन आफ्नी बुढीलाई टाउकोमा टेकाउँछन् । "कर्के स्वरले भनिन् ।

    "कसरी टेकाए र ? " चासो लिँदै सेतीले प्रश्न तेर्स्याईन् ।

    "एका बिहानै बुढीलाई ओछ्यानमा चिया पकाएर लग्या हेर सरम पचेको ! "रोष प्रकट गर्दै माइलीले भनिन् ।

    "सन्चो भएन होला नि ! बुहारी पनि त छोरी जस्तै हुन् "सेतीले सुन्दर कुरा ल्याइन् ।

    उनले कुरा नसुन्दै " हेर ! बुहारी त छोरी हुँदैनन्  के ! "

    तत्कालै छोरीको फोन आयो ।

    "आमा आरामयी हुनुहुन्छ नि ? "

    "आरामयी छु बा " खुशी मुद्रामा माइलीले उत्तर दिइन् ।

    "के गर्दै छौ छोरी?" हालखबर बुझ्न चाहिन् उनले ।

    "हजुरको ज्वाइँ त कस्तो असल के ।"अलि प्याउले पाराले भनिन् ।

    "कसरी असल हुनुभयो त ज्वाइँराजा ?"अचम्म मान्दै भनिन् ।

    "मलाई नि आमा,एकाबिहानै हजुरको ज्वाइँले ओछ्यानमै चिया ल्याईदिनुभाको ।"

    राधे राधे,मध्यपुर ठिमी,भक्तपुर ।

    शुक्रवार, भाद्र २८ २०८११२:४३:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार