- जङ्गे पख पख! "- केशुले जङ्गेलाई रोक्यो ।
जङ्गे बिचरा झसङ्ग भयो र पछि हट्यो । सबै चकमन्न, एकले आर्काको मुख ताकाताक भए ।
" काका के भयो किन रोक्नु भयो ? "-जङ्गेले प्रश्न उठायो ।
" अँझ बुझेको छैनस् पापी ?"-केशुले हकार्नथाल्यो। गाउँको सर्वमान्य मानिस । जङ्गे ट्वाल्ल परेर एककोहोरो हेरिरह्यो ।
" अँझ खाला झैँ हेर्छ पापीले ! "-केशुले आफ्नाबाटै फतफताएको सुन्नु बाहेक आर्को युक्ती सुझेन ।
" के भयो र मइला बा ? नजिकै बसेको गोकर्ण आयो र बिच वचाव गर्दै सोध्यो ।
" हेर न गोकरण यो पाजिले यो बिचरो पुशुको यसरी हत्या गर्दै छ ।"- केशुले गोकरणलाई भने ।
" जङ्गे आफ्नो हातको खुकुरी भुँइमा राख्यो र एकातिर गएर उभियो ।
सबैले केशुको यो व्यवहारले अक्कमक्क पारेकाछन् । " माइला बा हजुरले सिकार खान छाड्नुभयो की क्याहो ?"-गोकरणले सोध्यो । " किन खान छोड्ंथे गर्भै देखि खाएको मासु ।"-केशुले भने ।
" फेरी किन जङ्गेलाई खशि काट्न रोक्नुभयो त हजुरले?"-गोकरणले सोध्यो ।
" हेर बाबु कसैको पनि यसरी असहमतिमा प्राण लिनु हुँदैन बुझिस ?"- केशुले गोकरणलाई सम्झाउँदै प्रतिप्रश्न गरे ।
" माइला बा कसैले पनि आफ्नो गर्धन् काट्ने सहमती दिन्छ र ?"-गोकरणले भन्यो ।
" यता हेर ! केशुले एकलोटा पानी लगेर घशिको टाउकामा छरे । खशीले टाउको पानी झार्नहोला फरफर पार्यो । देखिस् सहमत भयो की भएन ? ए जङ्गे अब काट ! "-केशुले खसिकाट्ने अनुमति दिए ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।