सुरेशकुमार पाण्डे
" होइन घरमा खाने खर्च हौस वा नहौस आफूले घोके पुग्छ क्या हो ? "- मुक्ती घर भित्रिंदा बित्तिकै चामी फतफताई ।
" कसलाई भनेको हँ ? "- मुक्तीले चामि तिर हेर्दै भन्यो । "तिमिलाई भनेको अरूको छ यहाँ? बाबुको फीश न बुझाएको दुई महिना भयो । नजिकै तिहार आएको छ । कसैलाई लुगा छैन । साँच्चै भन्ने हो भने घरमा भोलिबाट खाने खर्च छैन । परपाहुना पनि आउँछन् ;त्यसको धरी कुनै चिन्ता छैन ।"- चामिले आक्रोश पोखी ।।
"धेरै नबोल घर अहिलेसम्म को तेराबाले चलाएको छ ? बोक्सिनी । "- मुक्ती पनि लटपटिएको स्वरमा करायो। ऊ मदिराले लठ्ठ थियो ।
" बा आमा सम्म नपुग अली थुतुनो सम्हालेर बोल ।"- चामि पनि झनै कराउन थाली।दुबैजनाको तत मम अलिवेरसम्म भयो ।
बा आमाको झग्डा भएको देखेर केटा केटी भोकै गुन्द्रीमा पल्टिए। चामिले र मुक्ती दुबैजनाले नै निमक गर्ने गर्दथे । तर कामबाट आएपछि उनिहरू बिच सधैँ झग्डा सुरू हुन्थ्यो । झग्डाको जरो थियो रक्सी । जसबाट मुक्ति मुक्तहुन सकेको थिएन ।
आज त धेरैवेरसम्म भनासुन भयो । " भाउजु ! महिला भएर पनि किन यसरी बोलेको ?" रूपलालले पनि बिचमा मुक्तिको पक्षलिएर बोल्यो ।
" महिलालाई मानिस जस्तो नदेख्ने सँग यस्तै हो ।"-चामिले भनि ।
" मेरो स्वास्नी यत्ती बोल्थि भने भङ्गारा झार्दिन्थें ।"-रूपलालले राता आँखा देखाउँदै भन्यो ।
" बङ्गारा तिम्रा रहंदैनन् सग्ला ! फेरी बोल त !"-चामिले नजिकै कोदालीको बिंड उठाउँदै भनि । चामिको भयनक रूप देखेपछि दुबैजना पत्ताचोड भागे ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।