सुरेशकुमार पाण्डे
" होइन अब कहिले हुन्छ कार्वाही ?" पिडित रामुले मत्रीसँग सोध्यो । " गर्छौँ -गर्छौँ चिन्ता नलिनुहोस ।"- मन्त्री पुनारामले नचिनेको झैँ गर्दै भन्यो ।
रामुले कुनै घटनामा परेर आफ्नो सर्वस्व गुमाएको थियो । ऊ निर्दोश हुँदाहुदै पनि मुख छोपेर बाँच्नु पर्ने बाध्यता छ । किन की त्यो हत्याकाण्डको दोषीहरू खुल्लम् खुल्ला हिंडिरहेका छन् । र रामुलाई ज्यानमार्ने धम्कि समेत दिंदैआएका छन् ।
रामु मन्त्रीको व्यवहारबाट असन्तुष्ट भयो र मन्त्रीलाई एककोहोरो ट्वाल हेरिरहेको थियो । त्यो नजिकै उभिएको पत्रकारले नियालिरहेको थियो ।
" सर ! पिडितहरूको यसरी उपक्ष गर्दा समश्य झनै जटिल बन्छ की ? "- पत्रकारले मन्त्री सँग प्रश्न गर्यो ।
" हामिले कोसिश गरेका छौँ,कुनैपनि काममा समय लाग्छ । धेर्य राख्नुहोस् । "-मन्त्री पुनारामले सटिकमा भन्यो र बाटो लाग्यो ।
त्यो केही दिन पहिलेको कुरा थियो।सरकार भन्दा बाहिर हुँदा पुनारामले उठाएको कुरा सम्झियो । " यि अपराधीहरूलाई अबिलम्वन जेल हुनुपर्छ । त्यो डाँका खुलेआम घुमेको छ त्यसलाई छोपेर जेलखानमा कोच्न किन ढिला गरेका छन् ?
तपाँई हरू सक्नु हुँदैन भने हामि सत्ता सम्हाल्छौँ ।"- उसले प्रसाशनको मेचमा जोडले मुड्की बजार्दै भनेको' झलझली पत्रकारको मनषपटलमा आयो ।
" लात्तिको भूतहरू सँग दुःख देखाएर होइन कठालो समातेर मात्र केही हुनसक्छ ।" पत्रकारले रामुतिर हर्दै भन्यो ।
" भैगो सर जसको काठालो छोपेर फालेपनि नयां आउने उस्तै हो ।"- ऊ निरास हुदै भन्यो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।