मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लघुकथा :पार्टी एकता

लघुकथा :पार्टी एकता

मेगा खबर संवाददाता

१७, कार्तिक २०८२
  • 811
    SHARES

  • लघुकथा :पार्टी एकता

    सुरेशकुमार पाण्डे 

    " अब चुनाव नजिकै छ तर हाम्रो शक्ति झन कम्जोर हुँदै छ। "- अंमरले चिन्ता व्याक्त गर्दै भने । 
    " होनी सर ! त्यसैले त भनेको थिएं मैले पार्टी एकता गरौं भनेर त्यो दिनको बैठकमा कसैले सुन्यो मेरो कुरा ? "-शक्तिसिहँले पनि आफ्नो मत प्रकट गर्दै सवाल उठायो ।
    " पार्टी एकता गर्छु भनेर मात्र हुँदैन नी ! त्यसको लागि पार्टीहरूको नीति सिद्दान्त र व्यवहार पनि त मुल्याङ्कन गर्नुपर्छ । पार्टीले अप्नाएको विदेश नीति योजना अर्थात पार्टीको कार्यनीति र रणनीति बारेपनि अध्यायन गर्नुपर्छ । "- अमंरले आकास तिर हेर्दै सम्झाउँने कोसिश गर्यो ।
    " हो हामिले अमेरिकालाई कसरी हेर्ने ? भारत र चीनलाई कसरी हेर्ने ? भन्दै बिवाद गरौं अनि आफ्नै पार्टीलाई पनि टुक्रा पारौँ । हाम्रो देशमा सधैँ एकताको हल्ला भित्र फूटको खेति भएकै हुन्छ ।"- शक्तिसिहँले व्यङ्ग्यात्म सैलिमा भन्यो ।
    " होइन मित्र !  हामिसँग पुरानै अनुभवपनि त छनी । हजुरलाई थाहा छैन पार्टी एकता पछि पार्टी अनिर्णयको बन्दी बनेको । अनि फुटेर तीन चार टुक्रामा बिभाजित भएको ! हजुरले त्यो भुल्नु भयो की क्या हो ?'-अंमरले शक्तिलाई पुरानो दिनको सम्रण गराउँदै भन्यो ।
    "उफ ।।! जुट्नु कहाँ छ कहाँ छ फुटको पहिल्यै उदघोष भयो ।"-शक्तिले बिस्तारै भन्यो ।
    दाङ घोराही १८

    आइतवार, कार्तिक १७ २०८२०८:३६:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार