मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ विमोचित

कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ विमोचित

मेगा खबर संवाददाता

२७, कार्तिक २०८२
  • 868
    SHARES

  • कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ विमोचित

    काठमाडौँ, हङकङ निवासी कथाकार सुरेश यक्सोद्वारा लिखित कथासंग्रह ‘पेनिबा’ विमोचन भएको छ ।

    मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तीलविक्रम नेम्बाङ (बैरागी काइँला),नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ,कवि शशी लुमुम्बु,श्रवण मुकारुङ,कथाकार बिना थिङ,लेखक तथा समालोचक डा.तुलसी गौतम र लेखककी आमा लक्ष्मी लिम्बूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । 

    32ad96d0-882c-4a80-be62-33a88303d663-1762876751.jpeg

    प्रमुख अतिथि एवं पूर्वकुलपति नेम्बाङले पेनिबा पुस्तक आधुनिक नेपाली समाज र प्रवासी नेपालीहरूको जीवन भोगाइको सशक्त प्रतिबिम्ब भएको बताए । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पेनिबा’ नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताए । उनले भने,“पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ । पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन,यो हाम्रो समाजको आत्मपरक कथा हो ।”

    धनकुटाको कागतेमा जन्मिएका यक्सो हाल हङकङमा बसोबास गर्दै आएका छन् । यक्सोको यो पहिलो कृति हो । यस संग्रहभित्र १५ वटा कथाहरू समावेश छन् । जसमध्ये शीर्षक कथा पेनिबाका लागि भने आफूले धेरै नै मिहिनेत गरेको बताए । 

    बुधवार, कार्तिक २७ २०८२०७:५४:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार