मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश

इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश

मेगा खबर संवाददाता

११, आषाढ २०८३
  • 619
    SHARES

  • इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश

    काठमाडौँ,नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । 

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु $117.63 प्रति ब्यारेलबाट घटेर $69.21 मा आइपुग्दा करिब ३०% ले भारी गिरावट आइसकेको देखिन्छ। यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद् छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र?
    मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले- 'हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन' भन्ने जस्ता बहाना देखाउने गरेको छ।
    कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ। तर, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ।
    यतिका दिन बितिसक्दा पनि मुल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेका छन्। यसले नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ।
    नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने हो। भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा चाहिँ लागु नहुने। घाटा हुँदा उपभोक्ताले महँगो मुल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने ?
     
     

    बिहिवार, आषाढ ११ २०८३०२:२३:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार