मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता

मेगा खबर संवाददाता

१४, आषाढ २०८३
  • 433
    SHARES

  • पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता

    अमेरिकाको मायामीमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया समूह 'के' को विजेता बनेको छ ।

    यो नतिजासँगै क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । कोलम्बियाको पछिल्लो २५ विश्वकप खेलमध्ये यो पहिलो गोलरहित बराबरी भए तापनि खेल भने निकै मनोरञ्जनात्मक थियो ।

    खेलको अन्तिम मिनेट (९० औँ मिनेट) मा कोलम्बियाका डेभिन्सन सान्चेजले हेडमार्फत गोल गर्दै जित पक्का गरेको जस्तो देखिएको थियो,तर 'भिडियो असिस्टेन्ट रेफ्री'ले निकै कम अन्तरले उनलाई 'अफसाइड' देखाएपछि गोलले मान्यता पाएन।

    समूहको शीर्ष स्थानमा पुग्न पोर्चुगललाई जित्नै पर्ने दबाब थियो । तर, स्टेडियममा उपस्थित हजारौँ कोलम्बियाली समर्थकहरूको गर्जनले कोलम्बियाका खेलाडीहरूको मनोबल उच्च बनाएको थियो ।

    खेलको सुरुवातमै कोलम्बियाका जोन कोर्डोबाले दुईवटा राम्रा अवसर पाएका थिए, तर पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले उत्कृष्ट बचाउ गरे।

    आइतवार, आषाढ १४ २०८३०८:०६:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार