मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ

बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ

मेगा खबर संवाददाता

४, आश्विन २०८३
  • 328
    SHARES

  • बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ

    काठमाडौँ, असोज ३ गते, नेपालले भदौ महिनामा बिजुली बेचेर पाँच अर्बभन्दा बढी रुपियँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपियाँ आम्दानी गरेको हो ।

    प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र एलडिसी) स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा भएको विद्युत् निर्यातको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो ।

    द्विपक्षीय सम्झौता अनुसार ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरेर ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपियाँ आम्दानी गरेको छ भने विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरेर १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपियाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ। 

    विद्युत व्यापारमा सुधार

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठकाअनुसार अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत व्यापार सुधार भएको छ । यसलाई मन्त्री श्रेष्ठले महत्वपूर्ण उपलब्धि भन्नुभएको छ । ुभोटेकोशी बाढीले राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत भदौ महिनामा नेपालले ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी ५ अर्ब ९ करोड २४ लाखभन्दा बढी आम्दानी गरेको छ, ।

    उहाँका अनुसार तुलनात्मक रुपमा हेर्दा चुनौतीपूर्ण अवस्थामा पनि विद्युत व्यापार गत वर्षभन्दा सुधारिएको छ । गत आर्थिक वर्षको भदौ महिनाको विद्युत् निर्यात आम्दानी ४ अर्ब ७० करोड ८२ लाख ८८ हजार ५६५ थियो । यस वर्षको भदौमा निर्यात आम्दानीमा ३८ करोड २७ लाख ३५ हजार ४३५ भन्दा बढी वृद्धि भएको छ ।ु

    यो उपलब्धि एलडिसी, स्युचाटारको निरन्तर प्रणाली समन्वय, विद्युत प्राधिकरणको उच्च व्यवस्थापन तथा देशभर परिचालित इन्जिनियर, प्राविधिक र कर्मचारीहरूको अथक प्रयासको परिणाम भएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ । 

    गोरखापत्र अनलाइन

    आइतवार, आश्विन ४ २०८३०७:३९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार