मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :
कविता :

बुबा

बुबा

  • 2.4K
    SHARES

  • बुबा

    शान्ता पौडेल

    ‌‌जीन्दगिभर आदार सम्मान
    हजुर नै एउटा
    मेरो मन मन्दिरको
    साक्षात जिवित देवता

    ज्ञान वृद्धि विवेक भरेउ
    मेरो मन मस्तिष्कमा
    तिम्रै कारण अटल बने
    सत्कर्म र निष्टमा

    चुनौती र संघर्षको पहाड
    फोडि बाँचेउ
    आफ्नो इच्छा थाति राखि
    मेरै निम्ति सोचेउ

    कति भोक
    अनिदो रात बितायौ
    आँखामा आँशु बगाउँदै
    पालो सबैको आउँछ भनी
    सन्तानलाई सिकायौ

    आशिर्वाद दिनु बुबा
    प्रवित्र मनले
    जिवन सहज बनाउन
    सकु तिम्रो गुणले

    आशाको दियो जगाउने
    सन्तान रूँदा हँसाउने
    न्यानो माया दिँदै
    काखमा भुलाउने
    पवित्र काख तिम्रो
    हजारौं पिडा बिर्साउने

    कठिन परिस्थितिमा पनि
    घरको दरिलो छानो तिमी
    जीवन संघर्षको पाटो
    हो भन्दै सिकाउने पनि तिमी

    प्रकृतिको सुन्दर सृष्टि
    मलाई बनायौ
    सरल जीवन स्वच्छ विचार
    तिम्रो योगदान बुबा
    तिमी नै मेरो भगवान

    स्नेह र ममताको खानी
    साक्षात प्रतिमूर्ति तिमी
    भुल्नै नसक्ने बनी मनमा
    सजिएको एकमात्र असल पात्र
    पनि तिमी

    सानो नोकरीबाट
    सन्तानको ठूलो सपना
    बुन्ने पनि तिमी
    कति पिडा लुकाएर
    परिवारको अगाडि ठिक छु भन्दै
    हिड्ने पनि तिमी

    जिन्दगीभर चोट खायौ
    हामीलाई योग्य बनाउन
    पाप लाग्छ बुबा तिमीलाई
    हेला गरि मन्दिरमा दुध चढाउन
    तिमी नै देवता,तिमी नै भगवान

    तिम्रो सपना पूरा गर्छु
    फाटेको तिम्रो मन सिँउछु
    बुढेशकालको साहारा बनी दिन्छु
    तिम्रै निम्ति जिँउछु

    ठुलो महलमा राख्न नसकुला
    झुपडीमै खुशी भइदीनु
    सन्तानले जिम्मेवार पुरा गर्छ भनी ढुक्कका साथ
    लामो समयसम्म बाँचिरहनु बुबा

    सोमवार, जेठ १२ २०७७११:२९:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार