११० फुट लम्बाई भएको अनियन्त्रित चिनियाँ ‘लङ मार्च फाइभबी रकेट’ शनिबार अर्थात् आज पृथ्वीमा प्रवेश गर्ने अमेरिकी स्पेस कमाण्डको अनुमान छ ।
२२ मेट्रिक टन तौल भएको उक्त रकेटले मानव जीवनमा न्यून क्षति गर्ने अनुमान अधिकारीहरूले गरेका छन् । पृथ्वीमा प्रवेश गरेको केही घण्टा नबितेसम्म रकेटको पाटपूर्जा कुन स्थलमा खस्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने बताइएको छ । प्रारम्भिक रिपोर्टअनुसार यो रकेट समुद्रमा खस्ने छ ।
हाल रकेटले भूमध्यरेखादेखि ४१।५ डिग्री छड्के डायग्नकल्ली पृथ्वीको परिक्रमा गरिरहेको बताइएको छ । जसको अर्थ यो पृथ्वीको अधिकांश हिस्सा हुँदै गुज्रिनेछ ।
यसले दक्षिणमा चिल्लीदेखि न्यूजिल्याण्डको आधा हिस्सादेखि उत्तरमा न्यूयोर्क र मड्रिड सहरलाई पनि समेटेको छ ।
२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।
केही दिनअघि मात्र एकजना विज्ञले उक्त रकेटको ब्याकबोन पृथ्वीको पर्यावरणमा अनियन्त्रित तवरमा पुनः प्रवेश गर्ने बताएका थिए ।
पृथ्वीको पर्यावरणमा रहेका वस्तुहरु ट्र्याक गर्ने एक जना अन्तरिक्ष यात्री जोनाथन म्याकडोयलले स्पेसन्युजसँगको कुराकानीमा रकेटले न्यूयोर्कको केही उत्तर, मड्रिड, बेइजिङ र चिलको पश्चिमी भाग र न्युजिल्याण्डको विलिङ्टनको बाटो समात्न सक्ने बताएका छन् ।
यो उक्त क्षेत्रको जुनसुकै भागमा अवतरण हुनसक्छ । पृथ्वीको पर्यावरणमा प्रवेश गर्नुअघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ ।
जलेर नष्ट नभएका टुक्राहरू भने समुद्र अथवा निर्जन क्षेत्रमा खस्नेछन् । स्पेस न्युजको रिपोर्टमा भनिएको छ, ‘तर जनधनको क्षति हुनसक्ने जोखिम भने बाँकी नै छ ।
अन्तरिक्षका कृत्रिम टुक्राटाक्री ट्र्रयाक गर्नेहरुले केही दिनदेखि रकेट क्रमशः पूर्वानूमान गर्न नसकिने गरी पृथ्वीतिर फर्किरहेको अवस्था नियालिरहेका छन् । रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित फर्किने यान हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।