मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

स्पेसएक्सको ४ टन रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किँदै, नयाँ खाडल बन्ने अनुमान

स्पेसएक्सको ४ टन रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किँदै, नयाँ खाडल बन्ने अनुमान

मेगा खबर संवाददाता

२०, श्रावण २०८३
  • 118
    SHARES

  • स्पेसएक्सको ४ टन रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किँदै, नयाँ खाडल बन्ने अनुमान

    काठमाडौं, अमेरिकी कम्पनी स्पेसएक्सको रकेटको करिब ४ टन तौल भएको दोस्रो चरण बुधबार नेपाली समय अनुसार दिउँसो १२:२० बजे चन्द्रमामा उच्च गतिमा ठोक्किने भएको छ । वैज्ञानिकहरूका अनुसार यो टुक्रा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटरको गतिमा चन्द्रमाको पश्चिमी भागस्थित आइन्स्टाइन क्रेटर क्षेत्रमा खस्ने अनुमान गरिएको छ ।

    यो रकेट जनवरी २०२५ मा फाल्कन–९ मार्फत फायरफ्लाइ एयरोस्पेसको ‘ब्लु घोस्ट’ र जापानी कम्पनी आइस्पेसको चन्द्र अभियान प्रक्षेपण गर्दा प्रयोग गरिएको थियो । अतिरिक्त ऊर्जा आवश्यक परेकाले यसको दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर पुगेको थियो र इन्धन सकिएपछि नियन्त्रण गर्न सम्भव नभएको स्पेसएक्सले जनाएको छ ।

    वैज्ञानिकहरूका अनुसार ठक्करबाट करिब तीन टन टीएनटी विस्फोट बराबरको ऊर्जा निस्किने, करिब २७ मिटर चौडा र ५ मिटर गहिरो खाडल बन्ने तथा धुलो र ढुंगाका कण केही किलोमिटरसम्म फैलिन सक्ने अनुमान गरिएको छ। यो घटनाले भविष्यका चन्द्र अभियान, अन्तरिक्ष यात्रीको सुरक्षा तथा चन्द्र सतहमा हुने प्रभावबारे महत्वपूर्ण वैज्ञानिक जानकारी दिने अपेक्षा गरिएको छ ।

    नासाको लुनार रिकोनिसेन्स अर्बिटर र दक्षिण कोरियाको दानुरी अर्बिटरले ठक्करअघि र त्यसपछिका तस्बिर संकलन गरेर अध्ययन गर्ने तयारी गरेका छन् ।

    विशेषज्ञहरूका अनुसार चन्द्रमामा हुने यस्ता अनियन्त्रित ठक्कर दुर्लभ भए पनि भविष्यमा आर्टेमिस कार्यक्रममार्फत नियमित मानव अभियान र चन्द्र आधार निर्माणको योजनालाई ध्यानमा राख्दै अन्तरिक्ष फोहोर व्यवस्थापनलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

    बुधवार, श्रावण २० २०८३०१:४०:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार