काठमाडाै, स्ट्यान्ड अप कमेडियन समुह ‘नेपग्याजम’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा आफ्नो नाम लेखाउन सफल भएको छ ।
नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर यो नाम लेखाउन सफल भएको छ । नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईंमा स्ट्यान्ड अप कमेडी प्रस्तुत समेत गरेका थिए ।
प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित प्रस्तुति गर्न नेपग्याजम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’बाट अनुमति लिएर त्यहाँ पुगेका समेत थियो ।
नेपग्याजमका मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले सगरमाथाको कालापत्थरमा गरिएको स्टेण्डअप कमेडीले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भएपनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन बाँकी रहेको बताएका छन् ।
उनले कालापत्थरमा स्वस्थ मनोरञ्जनात्मक सामाग्री ३०–३० मिनेटको दुई पटक प्रस्तुत गरिएको जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।