सिन्धुपाल्चोक जिल्लामा जन्म भई कर्मथलो कर्णाली प्रदेशमा भएकी देवकी तिमल्सिना "समिक्षा" को छुटेका सपनाहरु मुक्तक संग्रह सार्वजनिक गरिएको छ । बिहिवार एक कार्यक्रमबीच उनको सो संग्रह बिमोचन गरिएको हो ।
राजनितिक तथा सामाजिका विकृति र विसंगति उजागर गर्ने उक्त कृति सुन्दर सुन्धरा स्मृति प्रतिष्ठान हुम्लाले प्रकाशन गरेको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उक्त मुक्तक संग्रह बिमोचन गर्दै समाज परिवर्तनमा कला साहित्य मार्फत यस संग्रहले महत्वपूर्ण भूमिका खेल्ने वताए । सोही कार्यक्रममा बाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले कृतिले देशको सामाजिक र राजनितिक विकृति उजागर गर्नुका साथै नेतृत्वलाई झक्झक्याएको टिप्पणी गरे ।
कृतिका सर्जक तिमल्सिनाले साहित्य मार्फत समाज परिवर्तनमा कर्णालीका लागि केही योगदान गर्ने उदेश्यले कृतिको रचना गरेको वताईन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।