मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै,सातै प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै,सातै प्रदेशमा वर्षाको सम्भावना

  • 571
    SHARES

  • पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै,सातै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ, नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणता बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणता बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ। 

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक–दुई  स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने छ । 

    आज राति कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणता बादल लाग्नेछ । 

    मंगलवार, जेठ २६ २०८३०८:०७:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार