मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे

मेगा खबर संवाददाता

८, भाद्र २०७८
  • 2.6K
    SHARES

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे

    काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ ।

    काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै उपत्यकाकाको निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

    अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा,ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने गाडी बाहेकका अन्य निजी एवम् सार्वजनिक गाडी बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने  समेत उल्लेख गरिएको थियो ।

    1.jpg

    2.jpg

    3.jpg

    मंगलवार, भाद्र ८ २०७८०६:०८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार