मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प

ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 2.2K
    SHARES

  • ज्वाइँलाई दाइजोको रुपमा २१  वटा  विषालु सर्प

    नयाँदिल्ली । भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ ।

    मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ व्टा विषालु सर्प दिइन्छ ।

    गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

    गौरिया समुदायका मानिसहरु आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् । दाइजोमा दिइने सर्पहरुमा विभिन्न खतरनाक प्रजातिका विषालु सर्पहरुसमेत हुन्छन् ।

    सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरूसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरूलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

    छोरीको बिहेमा धन सम्पत्तिको साटो सर्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । नयाँ ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर सर्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।

    आफ्नो जीविकोपार्जनको आधारको रुपमा रहेको सर्पसँग यो समुदायको विशेष तथा आत्मीय नाता छ । उनीहरु सर्पलाई निकै माया तथा सम्मान गर्दछन् ।

    यदि आफूले पालेको सर्प मर्‍यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् ।

     

    आइतवार, भाद्र ७ २०७७१२:४८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार