काठमाडाै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरेको छ ।
राजाराम गिरीको संयोजकत्वमा गएको माघ २ गते गठन गरिएको उक्त समितिलाई मन्त्रीस्तरीय निर्णयबाट विघटन गरिएको छ ।समितिले वैशाख २० गते आफ्नो प्रतिवेदन बुझाइसकेकाले समिति विघटन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
कोरोनापछि नेपालको पर्यटन उद्योगमा नयाँ सम्भावना खोजी गरी नीतिगत राय, सुझाव र सल्लाह दिलाउन गठित व्यवसायी गिरी संयोजकत्वको समितिमा १२ सदस्य रहेका थिए । उक्त समितिभन्दा माथि मन्त्री आलेकै अध्यक्षतामा २४ सदस्यीय निर्देशक समितिसमेत रहेको थियो ।
मन्त्रालयले उक्त प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्ने जनाउँदै दुवै समितिलाई विघटन गरिएको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।