काठमाडौ, पश्चिम एसिया युद्धको असर नेपालको पर्यटक आगमनमा देखिएको छ ।
नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमनमा ७.३ प्रतिशतको गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक भित्रिएका छन् । जुन २०२५ अप्रिलको तुलनामा ७.३ प्रतिशतको गिरावट हो ।
गत वर्ष अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटक भित्रिएका थिए । कोभिड महामारीभन्दा अगाडि २०१९ अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ पर्यटक आएका थिए । बोर्डको तथ्यांक अनुसार क्षेत्रगत हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४ सय ३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो ।
अन्य एसियाली देशबाट २६ हजार ७ सय २६,युरोप २१ हजार ९ सय ८८ओसिनिया ५ हजार ८ सय ९८,अमेरिकी मुलुकबाट ११ हजार ३२,पश्चिम एसियाबाट १ हजार ६ सय ९७ र अफ्रिकी मुलुकबाट ३ सय १५ तथा अन्य मुलुकबाट ६ हजार ८ सय ४६ पर्यटक भित्रिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।