कहिलेकाहीँ हामीलाई आफ्नै जिवन बोझ लाग्छ । कहिलेकाहीँ हामि आफ्नो जिवनप्रति बढि नै संवेदनशिल हुन्छौं,भयवित हुन्छौं, बिहान आँखा खुलेदेखि जिवनकै बारेमा सोचमग्न हुन्छौं, जिवन कस्तो बनाउने? कसरी बनाउने? यस्तै यस्तै कुरामा घोत्लिरहेका हुन्छौं, जिवन आखिर यसै पनि वित्छ तर हामि आयु घट्दै गइरहेको जिवनसंग डराइरहेका हुन्छौं, जिवनमा केहि गरिएन भन्ने बोधले पनि झस्काइरहन्छ । कतिपय इच्छा,आकांक्षा रहर पुरा गर्न नपाएको हुटहुटिले बेचैन बनाइरहेको हुन्छ । यस्तो गर्नुपर्ने थियोे,यस्तो गर्नुहुदैनथ्यो भन्ने कुराले पनि मनलाई अस्थिर बनाउँछ ।
हामि जिवनप्रति अलिबढि नै सम्वेदनशिल,बढि नै गम्भीर पो हुँदैछौ कि सोचौं, जिवनलाई धेरै गम्भीरतापुर्वक लिनु उचित हुँदैन,अनावश्यक सचेत र सतर्क हुन पनि जरुरी छैन । एकवारको जुनि हो सबै कुरा भोग गर्नुपर्छ भन्ने आकांक्षाले पनि जिवनलाई जटिल बनाउदै लगेको छ । हामि किन उदास हुन्छौं? किन निरास हुन्छौं? किन बेचैन हुन्छौं? किमभने हामिले आफ्नै जिवनसंग पनि बढि अपेक्षा गर्यौं । यो भएन,त्यो पुगेन,यसो गरिएन भन्ने गुनासा मनभरि गुम्साएर राख्यौं । यि कुराले हामिलाई आफ्नै जिवन बोझिलो र झन्झटिलो लाग्न थाल्यो । जिवनलाई जति हल्का र सहज रुपमा लिइन्छ हामीलाई जिउन पनि उति नै सजिलो हुन्छ । जिवनलाई सामान्य रुपले बुझौं र सरला ढंगले जिउने प्रयास गरौँ । भोलिको कुराले आज हामि भयवित हुन जरुरि छैन । भोलि आएकै छैन,भोलि के हुन्छ? हामिले देखेकै छैनौं, कहिल्यै नआउने भोलिसँग किन भयवित हुने? हिजो गरेका गल्ती,कमजोरि सम्झेर विलौना पनि नगरौं,हिजो जे भयो सकियो, हिजो भएका कमिकमजोरिहरु आज सच्याउन सकिदैन, हिजोको कुरालाई मनमा नराखौ,हिजोलाई सम्झेर दुखि हुने भोलिलाई सम्झेर भयवित हुने नगरौं ।
मानिसको जिवनमा प्राय रोगहरु मानसिक तनावबाट उत्पन्न हुन्छ । मानसिक तनाब उत्मन्न हुने कारण धन , सम्पत्ति,अन्तर ब्यक्ति सम्बन्ध,कार्यबोझ,लेनदेन,महत्वाकांक्षा,नामको भोक जस्ता कुराहरु पर्दछन । विचारमा सकारात्मक चिन्तन प्रवल रहनुपर्दछ, उज्यालो पक्ष समाएर हिंड्न सक्नुपर्दछ । सुख सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुरा हुन् । मानिसको जिवनमा सबै आफ्नै विचारकै कुरा हो जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ र दु:खि हुन पनि सकिन्छ । घरमा पाउना आउँदा खुशी हुन पनि सकिन्छ र दुखी हुन पनि सकिन्छ त्यस्तै घरमा चोरि हुँदा चिन्ताले मर्न पनि सकिन्छ र फेरि परिश्रम गरि बढि कमाउला भनि चित्त बुझाउन पनि सकिन्छ ।
कतिपय मानिसलाई आफुप्रति निकै घमण्ड हुन्छ । वास्तबमा ज्ञानि मानिसलाइ त्यस्तो गुण सुहाउँदैन रिस , घमण्ड र डाह मुर्ख मानिसको गुण हुन । रिस भएको मानिसले आफैंलाई नास गर्छ र बुद्धिमान मानिसले आममाथि विजय प्राप्त गर्छ । मानिस सरल,शान्त स्वभावको हुनु नै अति उत्तम हो ।
संगतले पनि मानिसको जिवनमा प्रभाव पार्छ । जब जिवनमा आफुले नसोचेको मोड आउँछ तब सकारात्मक सोच भएको ब्यक्तिसंग बढि समय विताऔ । यसले गर्दा आफुभित्र हौसला हिम्मत र आत्मविश्वास जाग्छ । नकारात्मक संगत भएको ब्यक्तिसंग नजिक गयौं भने उनिहरुले झनै "विचरा" बनाउदछन र आफुलाई कमजोर मससुस हुन्छ ब्यक्ति एक्लो हुँदा अनेकौं सोच दिमागमा आउँछन त्यसैले एक्लै बसिराख्नु हुदैन,सामाजिक काम, समारोह,कार्यक्रमहरुमा सहभागी भईरहनुपर्छ । समस्याहरु जति लामो समयसम्म रहिरहन्छ त्यति नै मन पिरोलिन्छ,एक आपसमा शत्रुता हुनुहुदैन । चित्त नबुझेको कुरा मनमा राख्नु हुँदैन बाहिर ठाउँमा भन्नुपर्छ । त्यसबाट मन शान्त हुन्छ । समय,ठाउँ,परिस्थिति अनुसार आफ्नो बानि ब्यवहारलाई प्रयोग गर्न सिक्नुपर्छ जसले गर्दा पछि गएर आफुलाई आत्मग्लानि र पश्चाताप नहोस् !!