मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 2.3K
    SHARES

  • हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

    काठमाडौं । तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग्दो हो । तर त्यति धेरै क्षमता भएको ब्याट्री अहिलेसम्म बनेकै छैन ।

    तर अमेरिकी कम्पनी एनडिबीले यसबारे एउटा सम्भावना प्रमाणित गर्ने साहस सहित स्वतः चार्ज हुने हजारौं आयु भएको ब्याट्रीको प्रोटोटाइप लिएर आएको छ । यो कम्पनीले नानो डायमन्ड ब्याट्रीको विकास र निर्माण गर्दै आइरहेको छ, जो सफा र हरियाली वातावरण मैत्री छ ।एनडिबीले आफ्नो नानो डायमन्ड ब्याट्रीको अवधारणाको सफल परीक्षण गरेको जानकारी दिएको छ। दुईमध्ये एउटा परीक्षण लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा भएको थियो भने अर्को क्याम्ब्रिज विश्वविद्यालयको क्याभेन्डिस प्रयोगशालमा भएको थियो ।


    दुवै परीक्षणमा एनडीबीको ब्याट्री प्रविधिले ४० प्रतिशत चार्जलाई व्यवस्थापन गरेको पाइयो । स्ट्याण्डर्ड कमर्सियल डायमन्डको यो १५ प्रतिशत चार्ज कलेक्सन इफिसियन्सीको तुलनामा पछिल्लो परिणाम धेरै ठूलो सुधार हो । एनडीबीको यो अन्वेषणले नयाँ प्रोपाइटरी नानो डायमण्ड ट्रिटमेन्टको सृजना गर्नेछ । यसले हिराबाट एकदमै राम्रो विद्युतीय चार्ज निकालेर ब्याट्री बनाउन मद्दत गर्नेछ ।


    यो विकासको मूलभूत उद्देश्य भनेको २८ हजार वर्षको अधिकतम आयुसम्म भएको ब्याट्रीको भर्सनलाई व्यवसायीकरण गरेर लैजानु हो । यो कृत्रिम हिराले बेरेको कार्बन १४ न्युक्लियर वेस्टबाट तयार गरिन्छ । यो ब्याट्रीले काम गरिरहँदा कार्बन उत्सर्जन गर्दैन । यसले काम गर्न खुल्ला हावा चाहिन्छ । यसमा भएको चार्जलाई प्रयोग गर्न सकिने हुँदा यो प्राविधिक रुपमा पनि ब्याट्री नै हो ।

    यसमा भएको एकपटकको चार्ज त्यो उपकरण, प्रयोग गर्ने व्यक्तिको आयूभन्दा लामो हुन्छ । यसकारण यो एक किसिमको चार्ज फ्री सोल्युसन पनि हो । एनडीबीले यो ब्याट्रीलाई प्रयोगयोग्य शक्तिको स्रोत बनाउने अपेक्षा गरेको छ । ताकि सामान्य मानिसहरुले समेत यसको प्रयोग गर्न सकुन् ।

    यसलाई एयरक्राफ्ट, इभीएस, ट्रेन र साना साना उपकरणहरु स्मार्टफोन, लगाउन मिल्ने साना औद्योगिक सेन्सरहरुमा पनि प्रयोग गर्नलाई यसमा काम गर्ने एनडीबीको उद्देश्य छ । कम्पनी अहिले यसबाट पहिलो कमर्सियल ब्याट्रीको प्रोटोटाइप निर्माणका लागि काम गरिरहेको छ । यसलाई अर्को वर्षसम्ममा सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।एजेन्सी 

     

    शुक्रवार, भाद्र १९ २०७७०३:१४:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार