मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अभिनेत्री अनुश्का शर्मालाई भेट्नका लागि घरबाट भागिन् युवती

अभिनेत्री अनुश्का शर्मालाई भेट्नका लागि घरबाट भागिन् युवती

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 2.2K
    SHARES

  • अभिनेत्री अनुश्का शर्मालाई भेट्नका लागि घरबाट भागिन् युवती

    एजेन्सी । बलिउड अभिनेत्री अनुश्का शर्माको सामाजिक सञ्जालमा फ्यान फ्लोइङको सूची लामै छ। अनुश्काको पोस्टहरूमार्फत उनका फ्यान उनीसँग नजिक रहेको महसुस गर्ने गर्छन्।

    हाल गर्भवती अवस्थामा रमाइरहेकी अनुश्काको अभिनयदेखि व्यक्तित्वलाई लिएर उनीप्रति पागल हुने कयाँं फ्यान छन्। उनको यो सूचीमा एक फ्यान भेटिएकी छिन्, जसले हालै अनुश्कालाई भेट्नका लागि यस्तो कदम उठाएकी छन् कि जसका कारण उनको परिवारजनले हैरानी भोग्नुपरेको छ।

    वेब दुनियामा प्रकाशित समाचारका अनुसार भारतको उत्तर प्रदेशस्थित मैनपुरी गाउँकी एक किशोरी केही दिनअघि अनुश्कालाई भेट्नका लागि घरबाट भागिन्। किशोरी हराएपछि उनको परिवारले प्रहरीमा रिपोर्ट गरेपछि उक्त उनलाई प्रहरीले दिल्लीको एक रेलवे स्टेसनमा भेट्यो।

    आफ्नी छोरीलाई सकुशल भेटेकोमा उनको परिवारजनले खुसीको सास लिए। मोबाइल लोकेसनको आधारमा प्रहरीले उनलाई दिल्लीमा भेटेपछिको सोधपुछमा उक्त युवतीले आफू मुम्बई गएर अभिनेत्री अनुश्का शर्मालाई भेट्नका लागि घरबाट भागेको बताएकी छिन्।

    टेलिभिजनमा अनुश्काको एक कार्यक्रम हेरेपछि उनीबाट प्रभावित भएकी युवतीले अनुश्कालाई भेट्न मुम्बई जानका लागि ५ हजार रुपियाँसमेत चोरेकी थिइन्। प्रहरीले किशोरीको मेडिकल जाँच गराएर परिवारजनलाई बुझाइसकेको समाचारमा जनाइएको छ।

    सोमवार, भाद्र २९ २०७७०९:०६:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार