काठमाडौं । दुइ बच्चाकी आमा रहेकी एक बेलायती महिलाले पतिलाई छाडेर जंगलको रुखसँग बिहे गरेकी थिइन् । उनले रुखसँगको बिहेको पहिलो वर्षगाँठ मनाएकी छिन् ।
उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए । उनले आफ्नो रुखपतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् ।
एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी गरेकी छिन् ।
बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् । आफू कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेको उनी बताउँछिन् ।
रुखसँग बिहे गर्ने आफ्नो निर्णय जीवनको सबैभन्दा सही निर्णय भएको दाबी उनी गर्छिन् । आफू जीवनभर रुखप्रेमी रहने उनको भनाइ छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।