मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

१ आरोहीको मृत्यु, एकको जीवितै उद्धार

१ आरोहीको मृत्यु, एकको जीवितै उद्धार

मेगा खबर संवाददाता

५, बैशाख २०८०
  • 871
    SHARES

  • १ आरोहीको मृत्यु, एकको जीवितै उद्धार

    काठमाडौं, बैशाख ५

    म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । 

    काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए । 

    उहाँका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा जानुभएका आरोही नोयल हन्नाको मृत्यु भएको छ । उहाँको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । उहाँहरू दुवै जना आज बिहानदेखि बेपत्ता हुनुभएको थियो । 

    सेभेन समिट ट्रेक्सबाट आरोहणमा जानुभएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता हुनुभएको छ । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँका अनुसार सफलतापूर्वक आरोहण गरी  आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उहाँ बेपत्ता हुनुभएको थियो । 

    उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ । 

    मंगलवार, बैशाख ५ २०८००२:३०:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार