मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पर्यटनको नयाँ गन्तव्य लिम्चुङबङ 

पर्यटनको नयाँ गन्तव्य लिम्चुङबङ 

मेगा खबर संवाददाता

१४, बैशाख २०८०
  • 952
    SHARES

  • पर्यटनको नयाँ गन्तव्य लिम्चुङबङ 

    रञ्जना राई

    काठमाडाैँ, बैशाख १४

    उदयपुर जिल्लाको लिम्चुबुङ गाउँपालिकाले त्यहाँको उच्च स्थानमा एभरेष्ट भ्यूटप टावर निमार्ण गरिरहेको छ ।  बिश्वको सर्वोच्च शिखर सगरमाथा लागायत आठ हजार भन्दा माथिका ६ अग्ला हिमालहरूको सुन्दर दृश्य एकैपटक एकैठाउबाट हेर्न सकिने  गाउँपालिका अध्यक्ष मेजर कुमार राइले जानकारी दिए ।

    पर्यटन प्रवर्द्धन मार्फत आर्थिक परिवर्तन गरी जनताको जनजीवन सुखी र धनी बनाउनका लागि  गाउँपालिकाले प्रकृति र संस्कृतिलाई रोजेर योजना अगाडि  बढाइएको छ । यो एक व्यावसायिक नेपालकै चर्चित फरक पर्यटन टावर बन्ने अध्यक्ष राईले जानकारी दिदै निर्माणाधीन भिउटपको  बुदागत रूपमा विस्तृत प्रस्तुत गरेका छन् ।

    १,टावर एकदमै आकर्षक बन्नेछ,टावरको उचाई १२० फिट ३ ईन्चको हुनेछ । टावरको टुप्पोमा ९ फिटको पहेलो कलरको आकर्षक चिण्डो रहनेछ भने टावरको वरिपरि चारधाम निर्माण गरेर लिम्चुङबुङलाई पर्यटन र धार्मिक हिसावले केन्द्र बनाईनेछ ।

    २,टावरको पहिलो तलामा १ हजार,५ सय,३ सय क्षमताको ३ वटा व्यवसायिक हलहरु रहने छन् । उक्त हलहरुमा सभा,सम्मेलन,सेमिनार,गोष्टि र व्यवसायीक तालिमहरु सञ्चानमा ल्याईनेछ ।

    3, दोस्रो तलामा अर्गानिक स्वादका  मिठामिठा परिकार सहितको होटेलहरु सञ्चालन हुनेछ ।

    ४, टावरको १०० फिट उच्चाईमा पर्यटकहरुको लागि लक्षित गरेर १५० जना जति अटाउने रेष्टुरेन्ट सञ्चालन हुनेछ । त्यहि रेष्टुरेन्टबाट पर्यटकहरु सगरमाथा सहित ८ हजार भन्दा माथिका ६ वटा हिमालहरु,अतिनै सुन्दर सूर्यदय र सूर्यअस्त हेर्न सकिनेछ भने यसको साथसाथै पहाडका अनगन्ती सुन्दर थुम्काहरु र मधेशका फाटहरुलाई एकैसाथ नियाल्न वाईनाकुलर समेत प्रयोगमा ल्याईनेछ ।

    ५,लिम्चुङबुङ सगरमाथाको दृश्यअवलोकन गर्न,मधेशबाट गर्मी छल्न,गालिगुराँस,सूर्यदय,सूर्यअसत हेर्न,मगर,तामाङ,शेर्पा,किरात संकृति र खानपानको साथमा र त्रिधाम तपोभूमी हलेसीको दर्शन प्याकेजमा,सुनकोशीमा स्वीमिङ,र्याफ्टिङ गर्न,सेताम्य बगरहरुमा खेल्न समेत लिम्चुङबुङ पर्यटकहरुको रोजाईमा पर्ने छ ।

    निर्माणाधीन भिउँटपको पहिलो तला ढलान भैसकेको छ,यो निर्माण सम्पन्न भएपछि लिम्चुङबुङ बासीको जनजीवन परिवर्तन संगै छिमेकी पालिकाहरूको लागि पनि लाभदायक हुने अध्यक्ष राईले  बताए । 

    बिहिवार, बैशाख १४ २०८०११:१६:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार