मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

लट्ठी टेक्दै झाेला बाेक्दै ९० वर्षमा एक कक्षा

लट्ठी टेक्दै झाेला बाेक्दै ९० वर्षमा एक कक्षा

मेगा खबर संवाददाता

५, भाद्र २०८०
  • 1.3K
    SHARES

  • लट्ठी टेक्दै झाेला बाेक्दै ९० वर्षमा एक कक्षा

    काठमाडौँ,  भदौ ५ गते  पिठ्युमा झोला, एक हातमा लट्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा  पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको समय आजभोलि विद्यालयका बालबालिकासँग बित्छ । 

    उनले पनातिसमेत देखिसक्नुभएको छ,तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थालेका छ । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ शुरु गरेका हुन्  । त्यही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनि पढ्न थाल्नुभएको छ । उनि पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुछन् ।  ुसानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन् उनले भने,बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।

    घरमा पनि उहाँ नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको विसं २०३२ सालमा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए । सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियोु,उनले भने,जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।

    उनि पढ्नमा पनि त्यति कमजोर छन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए । परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छु,उनले भने,त्यो पुस्तिका अनुसार उनले लेख्न सक्नुहुन्छ । अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताए । 

    उनिजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्त्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । उनि शुरुमा आउँदा अचम्म पनि लागेको थियो,तै पनि कक्षा १ मा भर्ना गर्यौँ उनले भने,अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बनेका छन् ।

    विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रधानाध्यापक घर्तीले बताए । उनि विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको बताए । 

    मंगलवार, भाद्र ५ २०८००२:०८:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार