काठमाडौँ, भदौ २४ गते नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै छ ।
नेपाली टिम आज राति ९ बजे स्वदेश फर्कने तालिका छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो ।
समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो । नेपालकै समूहमा रहेको समूह ए को विजेता युएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो ।
नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।