मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कविताः झोले शिक्षक 

कविताः झोले शिक्षक 

मेगा खबर संवाददाता

५, आश्विन २०८०
  • 3.4K
    SHARES

  • कविताः  झोले शिक्षक 

    ✍️ कमला अधिकारी

    सधैं बोक्ने झोला आज कता होला 
    रिसा’की छे जुनेली ठूले कति रोला रु
    स्कुल आउन नमान्लान् मैले झोला बोकिन 
    आँसु आयो चम्पाको मैले रुमाल बोकिन 

    कट्टे आउन आएछ उल्टो सट लाएछ । 
    भोको पेट,पसिनास हात नधोई खाएछ 

    बिरामी थिई सानू, कुर्थामा उल्टि झरेछ 
    नगरको चेकिङ त्यहि दिन परेछ । 
    घरमा लाको पोशाक सधैं उस्तै हुन्न 
    उस्तै आउँछ झोला घर कोहि छुन्न 

    छोटु अनि मोटु पढ्न उति मान्दैनन् 
    रातो कलम, चित्र नभई पढाएको ठान्दैनन्
    देशका कर्णधार हेर्ने छैनन् कोहि 
    जान्ने बनाउनु छ जादू मन्त्र छोइ  

    छैन जागिर पाइको, ढुक्क भन्छन् स्थायीको 
    खिसी गर्ने देख्छु हाम्रो लवाई खुवाईको 
    रुख चढ्ने रहर छ, रैछ अग्लो सिस्नोको 
    चिन्ता छ सधैं खुड्किलो चढ्ने लिस्नोको 

    जुनेलीको चकलेट,आँसु पुछ्ने रुमाल 
    चित्र कोर्ने कलम, बोर्डमा लेख्ने मार्कर 
    के मा राखी ल्याउने हो बोक्नैपर्छ झोला 
    आज झोला छुटेछ कसो गर्ने होला 
    एकदिन झोला छुट्दा धेरै कुरा छुट्छ । 

    त्यसैले त शिक्षक झोले हुनुपर्छ 
    स्वाद मिलाई मिलाई, आफ्ना रहर सिलाई 
    पिज्जा, बर्गर देखि खोले हुनुपर्छ 
    त्यसैले त शिक्षक झोले हुनुपर्छ ।

    शुक्रवार, आश्विन ५ २०८००२:१०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार