मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यि देशका आरोहीले लिए अनुमति

यि देशका आरोहीले लिए अनुमति

मेगा खबर संवाददाता

१३, आश्विन २०८०
  • 949
    SHARES

  • यि देशका आरोहीले लिए अनुमति

    काठमाडौँ, असोज १३ गते, शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका ४३६ जनाले आरोहण अनुमति लिएका हुन् ।

    आरोहण अनुमति लिनेमा ५६ समूहका ९४ जना महिला र ३४२ जना पुरुष रहेका छन् । यस ऋतुमा हिमाल आरोहण गर्न नेपाल आउनेमा सबैभन्दा बढी चीनबाट ६७ जना आरोहीले अनुमति लिएका छन् । रुसबाट ३६,अमेरिकाबाट ३६,भारतबाट २४, जापानबाट २८,फ्रान्सबाट २५,बेलायतबाट २२ र स्पेन तथा जर्मनीबाट २०–२० जनाले अनुमति लिएको विभागले जनाएको छ। सबै हिमालतर्फ अनुमति लिनेमा ४८ महिला र ३११ जना पुरुष छन् । 

    पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार मनासलु र धौलागिरिको आरोहण अन्तिम चरणमा रहेको बताए । उनले भने,“यस पटकको आरोहणमा हिमाली मौसमले साथ दिँदा दुर्घटनारहित आरोहण भएको छ । मनासलु आरोहणमा गएकामध्येमा ९९ प्रतिशतले आरोहण पूरा गरिसकेका छन् भने धौलागिरि आरोहण गर्न गएको अन्तिम टोलीले समेत शनिबारसम्ममा चुचुरो टेक्ने तयारीमा छ ।”

    शनिवार, आश्विन १३ २०८००७:०२:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार