मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, कुन मुलुकबाट कति पर्यटक भित्रिए ?

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, कुन मुलुकबाट कति पर्यटक भित्रिए ?

मेगा खबर संवाददाता

१५, कार्तिक २०८०
  • 1.3K
    SHARES

  • पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, कुन मुलुकबाट कति पर्यटक भित्रिए ?

    काठमाडौँ, कात्तिक १५ गते, पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ ।

    सन् २०२३ अक्टोबर,एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो । पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो ।

    गएका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए । अक्टोबरमा भने पर्यटकको 'फ्लो' बढेको छ । कोभिड अघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ । तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका समेत छन् । 

    कुन मुलुकबाट कति पर्यटक भित्रिए?

    भारत : १८ हजार ४८०
    अमेरिका : १४ हजार ८७९
    बेलायत : ८ हजार २१७
    चीन : ६ हजार ८८०
    अष्ट्रेलिया : ६ हजार ०७५
    जर्मनी : ५ हजार ९१६
    फ्रान्स : ५ हजार २७१
    बंगलादेश : ४ हजार २९२
    श्रीलंका : २ हजार ५०७
    इटाली : २ हजार ४६७

    बुधवार, कार्तिक १५ २०८००३:१७:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार