काठमाडौँ, नेपालमै पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहको दर्ता गरिएको हो । दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले बताए ।उहाँहरू पहिले पनि आउनुभएको थियो । समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्कायौँ,’उनले भने,पछि मन्त्रालय,विभागमा पुग्नुभएछ । विभागको पत्र पाएपछि दर्ता गरिएको हो । सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको थियो । दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको हो ।
विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सोही अनुसार अस्थायी अभिलेख रहने पालिकाले जनाएको छ । ‘यसअघि विवाह दर्ताको किताब जसरी राखिएको छ,त्यसैगरी सुरक्षित राख्छौँ,’ लामिछानेले भने,विभागले अस्थायी अभिलेख भनेकोले प्रमाणपत्रमा अस्थायी अभिलेख लेखिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।