मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गजल: राजनीतिक

गजल: राजनीतिक

मेगा खबर संवाददाता

२४, मंसिर २०८०
  • 1.9K
    SHARES

  • गजल: राजनीतिक

    गजल: राजनीतिक

    आज राजनीतिक आन्दोलनको त्यही माहिर हुन्छ,
    नीति सिधान्त छाडेर नेताको सेवामा हाजिर  हुन्छ ।

    त्यो मान्छेको मनै त हो पगालौँ र मनभित्र राजगरौँ,
    चम्चागिरीको होइन सिधान्तभित्र मात्र लकिर हुन्छ।

    पार्टीकै लागि भनेर त देशको बनाउँछन् टुक्रा कुक्रा,
    त्यो देशभक्त हो देश जान्छ कि भन्ने सधै पिर हुन्छ।

    शोशकले श्रमजिविलाई चुसेर ऐयासी गर्छ सधैभरी,
    गरिब भन्छ त्यो निर्दोस छ ठग्ने त मेरै तक्दिर हुन्छ।

    गरिब किसानलाई देशको चिन्ता र जनताको चिन्ता,
    धन्मानको लागि यो देशनै उनिहरूको जागिर हुन्छ।

    खुकुरी प्रहार गर्छ  निर्दोश मार्छ सजाए हुन्छ माफी,
    स्वागतमा फूलका माला र निदार भरी अबिर हुन्छ।

    आइतवार, मंसिर २४ २०८०१०:००:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार