मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कविताः आमा

कविताः आमा

  • 1.5K
    SHARES

  • कविताः आमा

    सिता अर्याल

    नोै महिना कोखमा बोकी 
    यो धर्ती टेकायोै ।
    कठिन प्रसब पिणालाई सहि
    संसार देखायोै ।।

    न कहिल्यै थाक्योै न कहिल्यै हार्योै
    सन्तानको सुखमा ।
    हामीलाई सधैं हसायोै आमा
    भएनी दु:खमा ।।

    घाँस दाउरा मेला,चुल्हो र चोैको 
    गर्दै दिन कटायोै ।
    म भन्दा जान्ने हुन् भन्दै आमा
    छोराछोरी पढायोै ।।

    नआवस आसु कैलेनी आमा ती 
    कोमल आँखामा ।
    दुनियाँ जितेझै लाग्छ आमा
    त्यै न्यानो काखमा ।।

    सांसारिक सुख चाहिदैन अरू
    त्यै काख चाइरहुँ ।
    दुनियासामु यी मेरी आमा 
    भन्नलाई पाइरहुँ ।।

    शुक्रवार, माघ २६ २०८००६:२६:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार